Skip to content


आजभोलि किन किन
जुन लागेको रातसँग पनि डर लाग्छ किनभने बत्ती नभएको बेलाभन्दा
बत्ती भएको बेला डरलाग्न थालेको छ ।
यी आँखाहरु अब त अँध्यारोमै
बानी परिसकेका छन्
भन्न मन थियो उज्यालोको कुरा
आज आयो अँध्यारोको संकटकाल ।
उज्यालोमा महानवाणी लेख्न
खतरनाक हुन्छ रे
लेख्न मन थियो संविधानको कविता
अँध्यारोमा लेख्ने कुरै भएन उज्यालोदेखि डरलाग्छ
संविधान चपाउनेहरु
कलमसँग घुर्न थालेका छन्
दु्रतगतिले चल्न सकेन
अब पूरा गर्ने प्रण होइन
भाषणमा मात्र पूर्ण हुने खतरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *