गद्य कविता
आर्को नाता खोज्यौ किन ?
साथीत्वको मिठो साथ र माया दिएकै थिए
आर्को नाता खोज्यौ किन ?
वास्तविकता तिमीलाई सुनाउदा
तिम्रो छाती गोच्यो किन?
झुट्टो कुरामा तिमीलाई अल्झाई, खेलौना
बनाउने चाहना थिए
शंकैशंकाले सोच्यौ किन ?
माया त आखिर साथीको पनि माया नै त हो
प्रेमीको माया खोज्यौ किन?
तिमीले नि साथीको रुपमा लिन सक्थ्यो मलाई
प्रेमीको रुपमा रोज्यौ किन?
पहिला त आखैमा लुकाउँला झैँ गर्थी
अहिले पैतालामा नि गोच्यो किन?
साथीत्वको मिठो साथ र माया दिएकै थिए
आर्को नाता खोज्यौ किन ?
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
शुभकामना
दुःख र सुख खहरे खोला
आउने र जाने तिनेरको काम
न आयो सुख न गयो दुःख
सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन
विगत वर्ष पात्रो फेरियो
मनस्थिति फेरिएन
वसन्त आयो पालुवा लागेन ।
नेतानेतृ मात्र जन्मिए जनता जन्मिएनन्
समस्या जन्म्यो समाधान जन्मिएन
बोलीमा अहङ्कार देखियो व्यवहारमा दृष्टिकोण हरायो
चेत खुल्यो मन खुलेन
नहुने हुँदै गए हुने हुँदै भएनन् ।

त्यो बच्चो भोकै रोईरहेछ
जा ए ६६ साल फर्किएर नहेरी जा