Skip to content

विविध-विधा

दुई मुक्तक (आफन्त नै, जितिन्छ)

१. आफन्त नै
खुट्टा तान्न अघि सर्ने आफन्त नै हुन्छन्
प्रगतिमा आँखा तर्ने आफन्त नै हुन्छन्
शत्रुले त सफलताका लागि साहस थप्छन्
गिराउन लागि पर्ने आफन्त नै हुन्छन्

दुई मुक्तक (आमा)

१)
आमालाई वृद्धाश्रम छाडी आएको देख्छु
अचेल छोराबुहारी मन्दिर धाएको देख्छु
नौ महिना गर्भमा राखेर हुर्काकी आमालाई
देख्न नसक्दा बाटोमा फाली आएको देख्छु ।

प्रमाण लिएर आउनुस

भन्दिन मा संजीवनी पहाड लिएर आउनुस
तर्कले काम चल्दैन, प्रमाण लिएरआउनुस।।

हत्या त भयको छ , तिरस्कारको छुरा रोपी।
रहर हरको लाश थेग्ने ढाड लिएर आउनुस।।

बुझ्न आउनु भाको भए ज्यूँदैछ या मारी भनी
लासहरु जलाउने वाण लिएर आउनुस।।

पैसामा मान्छे किन जोक्छ माया

अंध्यारोमा साथ छोडिन्छ छायाँ।
पैसामा मान्छे किन जोक्छ माया।।
लड्नुछ उठ्नुछ ईतिहास रच्नु छ।
आवश्य एक दिन पलटने छ काया।
पैसामा मान्छे किन जोक्छ माया।।

माया घट्दैन

तिमीलाई जित्ने मेरो , कुनै रहर छैन
माया गरेको हो , खेल खेलेको हैन।।

तिमी स्वीकार या नस्विकर तिम्रो कुरा।
मुस्कुराई रहन्छु ,चाहे लैजाऊ मेरो चैन।

ऋण हैन माया यो किस्तामा लगाउन।
फिर्ता देऊ फिर्ता नदेऊ माया घट्दैन।।

जिन्दगी जिउनुको मजा नै हरायो यार

जिन्दगी जिउनुको मजा नै हरायो यार
जब किस्मत ले उनको र मेरो बिच द्वन्द्व गरायो यार ।
निभ्न थालेको विवादको आगोमा पेट्रोलरुपि घृणा थपेसि,
जिउदै  चितामा राखि, भावना मेरा भतभति जलायो यार।।
✍️ यज्ञ राज खनाल
प्रदेश नं ७, धनगढी कैलाली

चाहिँदैन हिरामोती

बेरङ्ग यो जिन्दगीमा थोरै रंग भरिदेउन।
चाहिँदैन हिर मोती थोरै माया गरिदेउन।

निस्ससिन्छु डराउँछु भाग्न खोज्छु आफैसँग।
तिम्रो त्यो अंगालोको सहारामा बेरीदिउन ।।
चाहिँदैन हिरा मोती थोरै माया गरिदेउन।।

दुई मुक्तक (समान भन्छ तर)

एक
समान भन्छ तर किन जात हेर्छ मान्छे
मनभन्दा नि सम्पत्तिको खात हेर्छ मान्छे
मान्छे बन्न अनि भन्न लायक कहाँ रह्यो
गरेको गुन बिर्सिएर घात हेर्छ मान्छे

जब निसाफ पाउने सुचिमा पिडीत थिएन

जब मलाई मर्नेको डर किञ्चित थिएन।
तथापि मरण हो कहिले निश्चित थिएन ।।

म मर्नका लागि कफन बाँधी निस्कदैथिएँ,
कसैले मलाई सम्झाउनु उचित थिएन ।।

ए मान्छेहरु ! तिम्रो अहंकारले सीमा नाघ्यो,
किन कोही कसै प्रति विनित थिएन ??

के प्रेम फगत थियो त बाब् आमाको ?
देखें आशिष पश्चात् छोरा हर्षित थिएन।।

अदालतबाट फर्केर यसर्थ निराश भए म
जब निसाफ पाउने सुचिमा पिडीत थिएन ।।

आँखा छोप्दै अंगालोले बाँधेको,कति साह्रो है तिमीले

आँखा छोप्दै अंगालोले बाँधेको,कति साह्रो है तिमीले
ओठ टोक्दै मुस्काइ डाकेको, कति साह्रो है तिमीले ॥१॥

प्रिय व्यस्त छु फुर्सद छैन मैंले भन्दा भन्दै नि तर
फूलैफूलको बगैंचामा डाकेको, कति साह्रो तिमीले ॥२॥

एकान्तमा नै भेट गर्न बस्छ्यौ पर्खिएर किन प्रिय
मेरै मार्ग हेर्दै ट्याक्सी राखेको, कति साह्रो है तिमीले॥३॥

रोम रोममा उमङ्ग देख्छु देख्दछु तिर्खाएको झन
प्यास मेट्न खोज्दै कति समाको, कति साह्रो है तिमीले॥४॥

गाउँछु भन्थ्यौ तर गीत चौतारीमा गाएनौ

गाउँछु भन्थ्यौ तर गीत चौतारीमा गाएनौ
आउँछु भन्थ्यौ तर आज सपनीमा आएनौ

प्रित फूलेको छ भन्थ्यौ दिलभित्रै फक्रिएर
लाउँछु भन्थ्यौ तर माया मजेरीमा लाएनौ

मुस्कान् छाडै लठ्ठ पार्यौ भए नशामा झुलेंझैं
छाउँछु भन्थ्यौ तर मेरो जिन्दगीमा छाएनौ

देखेझैं भयो नयन उघारी सपनाहरू सारा
पाउँछु भन्थ्यौ तर साथ यो जुनीमा पाएनौ

पूरा गरेनन्

दायित्व न सम्झे गर्नुपर्ने त सेवा नै पूरा गरेनन्
नियम न माने गर्नुपर्ने त दायित्व पुरा गरेनन्

जनता सडकमै मर्न लागेका छन् है भोकभोकै
भोजन न दिए गर्नुपर्ने पूण्य काम पुरा गरेनन्

भए भ्रष्ट नेताजी मस्त जनता दुःखमा हेर भन्छन्
कसमै खाए खै गर्नुपर्ने समर्पण पूरा गरेनन्

न छर्न सके चेतना न जगाउन सके जागरण
मेरै राम्रा आफ्ना मान्छे भनि रहे वाचा पूरा गरेनन्

कर्म थलोमा नजान पाउले म कसोरी सकुँला

कर्म थलोमा नजान पाउले म कसोरी सकुँला
निष्कर्म भाव शून्य मनमा म कसोरी राखुँला

चेत छ मष्तिस्कमा अनुभव नै धेरथोर् जे छ
लक्ष्य भेद गर्न नसक्ने व्याधा म कसोरी बनुँला

समयचक्र उस्तै लौ निष्कर्ममा छ यो दुँनिया
आय गुमेको छ आँखै छोपी म कसोरी बसुँला

छोराछोरी रून्छन् सकल नागरिक सरकार
ग्रस्त छ कहर बढ्दो भन्छन् म कसोरी बाचुँला

दायित्व नभुल्दछु नपन्छिए जिम्मेवारीबाट
सेवा जनताले नपाए खै म कसोरी हासुँला

म झुकेको न सम्झ म फुकेक‍ो नसम्झ

म झुकेको न सम्झ म फुकेक‍ो नसम्झ
खोज्दैछु कर्म गर्न म सुतेको नसम्झ

दायित्व के हो बुझ्छु इमानदार छु म
कर्म गर्दछु आफ्नो म झुकेको नसम्झ

इमान धर्म सम्झी दायित्व पूरा गर्न
प्रयासरत छु है म लुटेको नसम्झ

न मूल्य पाउछ यो वाणी सम्मानै मेरो
अमूल्य वाणी बोल्छु म कुटेको नसम्झ

सानोमा सानो कर्मको आह्वान गर्दछु
कर्म खोज्दछु गर्न म फुटेको न सम्झ

…होनहार बाँचेकोछ

मेरो देशमा कोही होनहार बाँचेकोछ ।
त्यसैले त मूलुक सदाबहार बाँचेकोछ ।।

कयौ सम्राज्यले फडा उठाइरहे पनि
मरेन मातृभूमी लगातार बाँचेकोछ ।।

नेताको त खासै भर लाग्दैन मलाई
खैर छाडौ, जनताको खबरदार बाँचेकोछ ।।

विश्वब्यापी छ मेरो देशको राष्ट्रियता
यो स्वाभिमान सीमा वारपार बाँचेकोछ ।।

कंहि छन्‌कि जन्मभूमीलाई ठेस पुर्याउनेहरु
साबधान !! अझै कोही लम्पसार बाँचेकोछ ।।

अतिरिक्त शेर,
कयौं याम इतिहासका, शिशिर भए पनि,
अझैं गुलाबी बागको यादगार बाँचेकोछ ।।