विविध-विधा
जब निसाफ पाउने सुचिमा पिडीत थिएन
जब मलाई मर्नेको डर किञ्चित थिएन।
तथापि मरण हो कहिले निश्चित थिएन ।।
म मर्नका लागि कफन बाँधी निस्कदैथिएँ,
कसैले मलाई सम्झाउनु उचित थिएन ।।
ए मान्छेहरु ! तिम्रो अहंकारले सीमा नाघ्यो,
किन कोही कसै प्रति विनित थिएन ??
के प्रेम फगत थियो त बाब् आमाको ?
देखें आशिष पश्चात् छोरा हर्षित थिएन।।
अदालतबाट फर्केर यसर्थ निराश भए म
जब निसाफ पाउने सुचिमा पिडीत थिएन ।।
आँखा छोप्दै अंगालोले बाँधेको,कति साह्रो है तिमीले
आँखा छोप्दै अंगालोले बाँधेको,कति साह्रो है तिमीले
ओठ टोक्दै मुस्काइ डाकेको, कति साह्रो है तिमीले ॥१॥
प्रिय व्यस्त छु फुर्सद छैन मैंले भन्दा भन्दै नि तर
फूलैफूलको बगैंचामा डाकेको, कति साह्रो तिमीले ॥२॥
एकान्तमा नै भेट गर्न बस्छ्यौ पर्खिएर किन प्रिय
मेरै मार्ग हेर्दै ट्याक्सी राखेको, कति साह्रो है तिमीले॥३॥
रोम रोममा उमङ्ग देख्छु देख्दछु तिर्खाएको झन
प्यास मेट्न खोज्दै कति समाको, कति साह्रो है तिमीले॥४॥
गाउँछु भन्थ्यौ तर गीत चौतारीमा गाएनौ
गाउँछु भन्थ्यौ तर गीत चौतारीमा गाएनौ
आउँछु भन्थ्यौ तर आज सपनीमा आएनौ
प्रित फूलेको छ भन्थ्यौ दिलभित्रै फक्रिएर
लाउँछु भन्थ्यौ तर माया मजेरीमा लाएनौ
मुस्कान् छाडै लठ्ठ पार्यौ भए नशामा झुलेंझैं
छाउँछु भन्थ्यौ तर मेरो जिन्दगीमा छाएनौ
देखेझैं भयो नयन उघारी सपनाहरू सारा
पाउँछु भन्थ्यौ तर साथ यो जुनीमा पाएनौ
पूरा गरेनन्
दायित्व न सम्झे गर्नुपर्ने त सेवा नै पूरा गरेनन्
नियम न माने गर्नुपर्ने त दायित्व पुरा गरेनन्
जनता सडकमै मर्न लागेका छन् है भोकभोकै
भोजन न दिए गर्नुपर्ने पूण्य काम पुरा गरेनन्
भए भ्रष्ट नेताजी मस्त जनता दुःखमा हेर भन्छन्
कसमै खाए खै गर्नुपर्ने समर्पण पूरा गरेनन्
न छर्न सके चेतना न जगाउन सके जागरण
मेरै राम्रा आफ्ना मान्छे भनि रहे वाचा पूरा गरेनन्
कर्म थलोमा नजान पाउले म कसोरी सकुँला
कर्म थलोमा नजान पाउले म कसोरी सकुँला
निष्कर्म भाव शून्य मनमा म कसोरी राखुँला
चेत छ मष्तिस्कमा अनुभव नै धेरथोर् जे छ
लक्ष्य भेद गर्न नसक्ने व्याधा म कसोरी बनुँला
समयचक्र उस्तै लौ निष्कर्ममा छ यो दुँनिया
आय गुमेको छ आँखै छोपी म कसोरी बसुँला
छोराछोरी रून्छन् सकल नागरिक सरकार
ग्रस्त छ कहर बढ्दो भन्छन् म कसोरी बाचुँला
दायित्व नभुल्दछु नपन्छिए जिम्मेवारीबाट
सेवा जनताले नपाए खै म कसोरी हासुँला
म झुकेको न सम्झ म फुकेको नसम्झ
म झुकेको न सम्झ म फुकेको नसम्झ
खोज्दैछु कर्म गर्न म सुतेको नसम्झ
दायित्व के हो बुझ्छु इमानदार छु म
कर्म गर्दछु आफ्नो म झुकेको नसम्झ
इमान धर्म सम्झी दायित्व पूरा गर्न
प्रयासरत छु है म लुटेको नसम्झ
न मूल्य पाउछ यो वाणी सम्मानै मेरो
अमूल्य वाणी बोल्छु म कुटेको नसम्झ
सानोमा सानो कर्मको आह्वान गर्दछु
कर्म खोज्दछु गर्न म फुटेको न सम्झ
…होनहार बाँचेकोछ
मेरो देशमा कोही होनहार बाँचेकोछ ।
त्यसैले त मूलुक सदाबहार बाँचेकोछ ।।
कयौ सम्राज्यले फडा उठाइरहे पनि
मरेन मातृभूमी लगातार बाँचेकोछ ।।
नेताको त खासै भर लाग्दैन मलाई
खैर छाडौ, जनताको खबरदार बाँचेकोछ ।।
विश्वब्यापी छ मेरो देशको राष्ट्रियता
यो स्वाभिमान सीमा वारपार बाँचेकोछ ।।
कंहि छन्कि जन्मभूमीलाई ठेस पुर्याउनेहरु
साबधान !! अझै कोही लम्पसार बाँचेकोछ ।।
अतिरिक्त शेर,
कयौं याम इतिहासका, शिशिर भए पनि,
अझैं गुलाबी बागको यादगार बाँचेकोछ ।।

१. आफन्त नै
तिमी हरायौ या म यो शहर शून्य पाएँ
१. घर फर्किन,
१.
दारु छोडेर दुध पिउन थाएको छु हजुर