Skip to content

दुई मुक्तक (समान भन्छ तर)


एक
समान भन्छ तर किन जात हेर्छ मान्छे
मनभन्दा नि सम्पत्तिको खात हेर्छ मान्छे
मान्छे बन्न अनि भन्न लायक कहाँ रह्यो
गरेको गुन बिर्सिएर घात हेर्छ मान्छे

दुई
जातका नाममा यति निर्मम बन्नेले के सोचे ?
अमर हुन्छ माया प्रेम भन्नेले के सोचे ?
यस्ता घटना अँझै किन घट्दै छ समाजमा
नीति, अधिकारका धारा गन्नेले के सोचे ?

गोपाल खनाल
२०७६–०२–१३,
नुवाकोट, तारकेश्वर गाउँपालिका–१,दाङसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *