Skip to content

विविध-विधा

यहाँ के के भेटिन्छ

यहाँ मातृभूमि त्यागि दिनप्रतिदिन विदेशीनेको लहर भेटिन्छ
मेलापाखा गर्नै त्यो विरे नि आजभोलि गाऊँ छोडि शहर भेटिन्छ

रुँदै छोरा कुर्दै एक्लै बुढेसकाल कटाइरहेकि बुढि आमा
मर्नू भन्दा पहिले छोरोको अनुहार हेर्न पाऊँ भन्ने प्रहर भेटिन्छ

कसको के नै विश्‍वास गर्नु छ र यो स्वार्थी दुनियाँमा
अमृत पिलाउछु भन्ने कै ब्यवहारमा जहर भेटिन्छ

पाप पखाल्न मठ,मन्दिर,तीर्थ धाउने धनीहरू,जाउ पखाल पाप
उ पर त्यो गरिब को दैलो मा पाप पखाल्ने नहर भेटिन्छ
✍️ यज्ञ राज खनाल
प्रदेश नं ७, धनगढी कैलाली

तिम्रो साथ हुन्थ्यो भने

रुमलिन्थेन मन कतै यदि तिम्रो मेरो बात हुन्थ्यो भने
मेरो हरेक मुस्कान पछाडि यदि तिम्रो हात हुन्थ्यो भने।
मतलबी यो संसार जिति सक्थे
यदि अहिले सम्म  तिम्रो साथ  हुन्थ्यो भने ।।
✍️ यज्ञ
प्रदेश नं ७, धनगढी कैलाली

“खै पुगेन अझै”

ज्याला मजदुरी गरि दुई छाक टानॅ, पुगेन रे तिम्रो शासनले
गाऊँ बस्तिका ति सडक त्यस्तै छन्, खै पुगेन तिम्रो भाषणले

कति गिर्छो ऐ राष्ट्रघाति शोसक , पुगेन यति फन्डाले
वाइडवडि,महरा, सुन, जग्गा अनि कीट, खै पुगेन अझै यति कान्डले??????
✍️ यज्ञ

प्रदेश नं ७, धनगढी कैलाली

म जान्छु भन्छु

म जान्छु भन्छु तिमी अघि सरेर आउँछौ किन
म जान्छु भन्छु तिमी अघि परेर आउँछौ किन

कर्म गर्नु छ सधैं जनसेवा गर्नु छ हर्दम
म जान्छु भन्छु तिमी अघि गरेर आउँछौ किन

GopalKhanal

अचेल तिम्रो यादले

अचेल तिम्रो यादले दिग्दार बनाएको छ
यहाँ कसैले मायालाई व्यापार बनाएको छ

मान्छेले जे कुराको जति नै घमण्ड गरोस्
आज जीवाणुले विश्व हाहाकार बनाएको छ

TilakRajChundali

ताङ्कामा कोभिड

कोभिड गुरु
सम्पूर्ण विश्वलाई
विषाणु बनी
चिमोटी सिकाउँछ
मानवताका कुरा!

उठ्यो जुरुक्क
हारेको मानवता
अनि त गल्यो
अहमको उन्माद
कोभिडको युगमा!

दुई मुक्तक (आजकल तिमी)

१)
आजकल तिमी अन्त अन्तै भुल्दै छौ
अर्कैको फुलबारीमा तिमी उतै फुल्दै छौ
हाम्रो सुन्दर बगैंचालाई शून्य पारेर
अरुको बगानमा तिमी भम्भन्ती डुल्दै छौ

मजदुर

मजदुरहरू सीमानामा फसेको देखेनौ र
आँखाबाट बलिन्द्र धारा खसेको देखेनौ र?

काम धन्दा गुम्यो सबै छाक टार्ने केले
भोकभोकै पटुका कसेको देखेनौ र?

दु:खपीडा……..(मुक्तक)

#मुक्तक

हामीले दु:खपीडा मात्रै अब कहिलेसम्म भोगिरहने यसरी
खै किन सधैं षड्यन्त्रकारीको तराजुमा जोखिरहने यसरी
सोच्नुस त ए देश हाक्नेहरु हो अब यो नाटक कहिलेसम्म
तै चुप मै चुप भन्दै बिकासको गति किन रोकिरहने यसरी

✍️…… करन बिवश

मिति :- २०७७ बैशाख १३ गते,शनिबार

संगै हिड्न सकिन्न त साथ छोडेको जाति

सम्बन्ध नै तोड्नभन्दा बाटो मोडेको जाति
संगै हिड्न सकिन्न त साथ छोडेको जाति

एकअर्काको बोझ भइ सधै उचालिनुभन्दा
राजिखुसि एकअर्कालाई हात जोडेको जाति

कल्पना र बास्तबिकता कसको एउटै हुन्छ
यथार्थको कलमले आफैं भाग्य कोरेको जाति

सम्बन्धको मिठास एक अर्काको खुसीमा छ
मायाको बगैचा त दुवैले मिलि गोडेको जाति

बिश्वाश पनि शिशाझैं हो तोडेसी जोडिन्न
मिठो झूठ भन्दा तितो सत्य ओडेको जाति

पाँच मुक्तकहरु

पाँच मुक्तकहरुः

केही छोटाछोटा वस्त्र हाल्न पाए हुने
केही नग्न फोटा हाल्न पाए हुने
दरबारको सोच यो छ अनि गाउँको धनेको सोच
फाटेकै केही भोटा हाल्न पाए हुने ।


गुनगुनाउने गलो रोकिएकै हो कि
अन्तिम समय तोकिएकै हो कि
मेरो प्रिय गायक मलाई विश्वास ता छैन तर
असमयमै जिब्रो टोकिएकै हो कि ।


रावणै रावण भएको ठाउमा रामको के काम
अँधेरै अँधेरोको माग भएकोमा घामको के काम
मृतात्माहरुलाई सधैं धरामा लट्काइरहने
अविवेकी र पक्षपाती मुक्ति धामको के काम ।


सत्य खोजेर अब के भेट्न सकिएला र मित्र
देशभक्तिगीतमा अब सारङ्गी के रेट्न सकिएला र मित्र

सौगात के दिउ खै हरजन्म राख्न तिमीलाई

सौगात के दिउ खै हरजन्म राख्न तिमीलाई
सौगात के दिउ खै हरजन्म बाँच्न तिमीलाई।।१।।
लेखेर सरसर्ती कोरेर मेरा भावना मनका सबै
सौगात के दिउ खै हरजन्म साँच्न तिमीलाई।।२।।
अमिर छौ म भन्दा तिमी हार दिन सक्तिन
सौगात के दिउ खै हरजन्म डाक्न तिमीलाई।।३।।
शिशिर लिन्छु म जिवनको वसन्त लैजाउ है
सौगात के दिउ खै हरजन्म टाँस्न तिमीलाई।।४।।
जिवनभर भलो होस् उत्तरोत्तर प्रगति अमिट
सौगात के दिउ खै हरजन्म हाँस्न तिमीलाई।।५।।

हेर चलिराछ

हेर चलिराछ
हेर गइराछ।।१।।
राजश्व कति धेरै
हेर छलीराछ।।२।
बजार भाउ कत्ति
हेर बढीराछ।।३।।
यता साहू जति
हेर हुर्कीराछ।।४।।
गरिबको भाग्य
हेर कुल्चीराछ।।५।।
बजेटमा बृद्धी
हेर भइराछ।।६।।

न फाल्न मिल्छ

न फाल्न मिल्छ
न बाल्न मिल्छ।।१।।
मनको घाउ यो
न गाल्न मिल्छ।।२।।
मलम पट्टीले
न टाल्न मिल्छ।।३।।
धेरै छ व्यथा
न पाल्न मिल्छ।।४।।
ठाउँ छ खाली
न हाल्न मिल्छ।।५।।
यस्तै छ सानू
न थाल्न मिल्छ।।६।।