Skip to content

विविध-विधा

लास बनेर आयो

माथिल्लो  कथित जात आज भूत पिचास बनेर आयो ।
दलित भन्ने शब्द उसको लागि अन्तिम सास बनेर आयो।।
बुढेसकाल छिरेकि बुढि आमा रुँदै ती आँसु झार्दै भन्छिन्
बेहुला बनि बुहारी ल्याउँछु भनि हिनेको छोरो आज लास बनेर आयो।
✍️ यज्ञ राज खनाल
प्रदेश नं ७,धनगढी कैलाली

गजल

तिमी छौ मुटु भित्र, चाह केहि छैन।
दुख्नु मात्र जिन्दगी भो,आहा केहि छैन।।

अन्जनलाई बास दिँदा न सोध्यौ न रोक्यौ।
आरोप हजार दियौ, तर थाहा केही छैन।।

पसिना बगाउन मेरो उचित लौ ठाम देउ

पसिना बगाउन मेरो उचित लौ ठाम देउ
सरकार राहत होइन बरू लौ काम देउ

निर्माताहरु भए बेकामे छैन है काम धन्दा
स्वरोजगार बनाउने योजना लौ रास देउ

खेतबारी बाँझो राख्दिन्थे तर यहाँ बीज छैन
बिजसँगै झर्न मल युरिया लौ पोटास देउ

शून्य त कर्मैले पाइन्न फल मिठो त्यो कतै
कर्मवीर पुज्दै कर्मठलाई लौ सलाम देउ

फलाउनेछु मुरीका मुरी पसिना नै पोखेर
श्रम सबै उत्पादनको गतिलो लौ दाम देउ

जाग उठ तिमी लाग देशलाई खाँचो पर्यो

जाग उठ तिमी लाग देशलाई खाँचो पर्यो
देशभक्त राष्ट्रवादी देशलाई खाँचो पर्यो

चन्द्र सूर्य फर्फराउँनु छ एक भई जुट्दै
सीमानामा झण्डा गाड्न देशलाई खाँचो पर्यो

उठ्नु छ बनेर अग्नी नटेरे भस्म पार्नु छ
ज्वालाझैं बन्दै सीमामा देशलाई खाँचो पर्यो

राष्ट्र हो प्राण हाम्रो राष्ट्रियता को भुल्दछ र
सिमाना मिच्दैछ बैरी देशलाई खाँचो पर्यो

कहिले सुस्ता दुख्यो कालापानी झन दुख्यो
डोब मेटाउने वार्ता देशलाई खाँचो पर्यो

गजल

आफ्नै मनलाई कुल्चिएर अपराध यही बनाई दिउँ की
आफ्नो नाम , तिम्रो नाममा बद्नाम भई बनाई दिउँ की

इज्जत बेज्जत भन्ने सबै आफ्नो आफ्नो मान्यता हो
कहीले कहीँ त लाग्छ तिम्रो आरोप सही बनाई दिउँ की

रुपको बहार बोकी सामू आउनेलाई मेरो सलाम छ

रुपको बहार बोकी सामू आउनेलाई मेरो सलाम छ
फुकाई गाँठो मनको गीत गाउनेलाई मेरो सलाम छ ।।१।।

रंगीदैछ थरीथरी फूल फूली मनको फुलबारी आज
छ्ड्के हेर्दै लोभी नजर लाउनेलाई मेरो सलाम छ ।।२।।

गहिरो आँखा कालो निलो त्यो सुन्दर महासागरमा
परैबाट मलाई तानीतानी डुबाउनेलाई मेरो सलाम छ ।।३।।

कस्तो रैछ छडके नजर लगाई रातो पिरो हुने बानी
मुस्काउने त्यो बानी राम्रो सर्माउनेलाई मेरो सलाम छ।।४।।

च्यापी रहेछ दिन-दिन खै लाछ कस्तो यो अनौठो रोग
नजिक हुदै मुटुको ढुकढुकी बढाउनेलाई मेरो सलाम छ।।५।।

जन्मदै पानीको फोका

जन्मदै पानीको, फोका हो माञ्छे
जिउँदोमा हावाको,झोका हो माञ्छे
बिर्सञ्छ उसले, छ खरानी बन्नु
अभिमानी स्वभावको, पोका हो माञ्छे
कुराले मात्र ऊ, तारा खसाउँछ
पड्केको गोलीको, खोका हो माञ्छे
हार माञ्छ तुच्छ, त्यो जीवाणुसँग
उत्कृष्ट जीव ठाञ्छ, धोका हो माञ्छे
कोरोनाको भयले, लुकेर बस्छ
बलिलाई तयार, बोका हो माञ्छे

सरकार राहत होइन बरू लौ काम देउ

सरकार राहत होइन बरू लौ काम देउ
पसिना बगाउन मेरो उचित लौ ठाम देउ

निर्माता भए बेकामे खै छैन काम धन्दा
स्वरोजगार बनाउने योजना कै रास देउ

बारि बाँझैं राख्दिन्थे तर यहाँ बीज छैन
बिजसँगै झर्न मल युरिया र पोटास देउ

शून्यता कर्मैले फल त पाइन्न मिठो कतै
कर्म गर्ने सबै ति कर्मवीरलाई सलाम देउ

फलाउनेछु मुरीका मुरी पसिना नै पोखेर
श्रम र सबै उत्पादनको गतिलो दाम देउ

धनी बाउको शाख

दोबाटोमा भेट हुँदा आँखासँग आँखा जोड्यौ
सुस्त-सुस्त गरिकन पिरतीको भाखा जोड्यौ ।

अञ्जानमै बस्न थालेँ एकान्तको साथ्मा म त
ल्याईकन त्यसैमाथि तिम्ले फेरि काख जोडयौ ।

कोरोनामा देश नियाल्दा !

कोरोनाले देश झनै भाँडिएको देखें मैले
आफ्नासँग आफ्नैहरू टाढिएको देखें मैले

सबैलाई आफ्नै ज्यान प्यारो लाग्दो रहेछ
दूरी मात्र होइन मनै बाँडिएको देखें मैले

आमाको रोदन

१.
आमाको माया
गाग्रा भरिको पानी
केट्केटी लोटा ।
२.
ती बूढी आमा
डाँडामाथीको घाम
डुब्न नि के बेर् ।
३.
छोरो छ प्रदेश्
बिर्सिगो आमालाई
क्या कमाल पैसाको।
४.
सुक्यो नि घाँटी
आमा भन्दछिन पानी
सुन्ने पो हो कस्ले?

TilakRajChundali

तीन मुक्तक

।१।
कुरा नगर राजनीति नै यस्तो
औषधि भन्दा विरामी सस्तो
विधि र विकास मात्र पो भन्छौ
गणतन्त्रमा पनि, तिमी नेता कस्तो?

।२।
अधर चलाउँछ्यौ, नयन घुमाउँछ्यौ
लरबराउँदै बोल्दा, शब्द नै गुमाउँछ्यौ
दुई छोराको बाबू हुँ, सम्हाल आफुलाई
बाआमालाई आँशुमा,किन पो डुबाउँछ्यौ?

।३।
आशा अनि आँट दिनुस, खुशी दिने कुरा लेख्नुस
काँडा मात्रै सधै किन ,बोटहरुमा फूल देख्नुस
राम्रो मान्छे भएर नै यहाँको साथ खोजेको हुँ
सपनाको जेट छोडी,अब आफ्नै धर्ती टेक्नुस!

व्यवस्था यो

व्यवस्था यो हाम्रो तर पनि खुलस्तै भएन
व्यवस्था यो राम्रो तर पनि सुखदै रहेन

विषाणु छ यस्तो प्रवेश गरे शरीरै क्षीण
व्यवस्था यो सप्रो तर पनि जहरै कटेन

कायम भयो दुरी लौ एकान्तबास पनि
व्यवस्था यो चाम्रो तर पनि कहरै हटेन

श्रमजीवी छन् पिडित अर्थोपार्जन छैन
व्यवस्था भो काम्रो तर पनि पिङ नै हलेन

कहरैबीच आउने त क्वारेन्टाइन राख्न
व्यवस्था यो छाप्रो तर पनि दुःख तै परेन

(संघीयता, प्रभावकारी राहत वितरण र महामारीको व्यवस्थापनसम्बन्धि व्यंग्य समेटिएको)

न बजार बढ्यो बरू बढ्यो हतास पो

न बजार बढ्यो बरू बढ्यो हतास पो
न बेरुजु घट्यो बरू घट्यो राजस्व पो

पुगेन लक्ष्य भएन भन्छन् राजस्व संकलन
न गस्ती नै चल्यो बरू चल्यो लाइन पो

उसै अर्थतन्त्रै भो कोरानाले डामाडोल
न आशा नै रह्यो बरू रह्यो निराशा पो

सबै छन् सत्यवादी कर्म नगर्ने कर्मशील
न मस्तिष्क खोल्यो बरू खोल्यो वाइन पो

दुई मुक्तक (सागरमाथा जस्तो शिर)

(१)
सगरमाथा जस्तो शिर हुनुपर्छ
गोर्खेको सन्तान भए वीर हुनुपर्छ
लाहुरेको सपना देख्ने आमा बुबाको
लाहुरेको जागिर खान त तक्दिर हुनुपर्छ

लौ ठुलो कहर छ मन झसक्क झस्किन्छ भित्र पट्टी

लौ ठुलो कहर छ मन झसक्क झस्किन्छ भित्र पट्टी
छाम्दा दुख्दैन मुटु तर चसक्क चस्किन्छ भित्र अति

सानो सञ्जालमा बसी व्या पार जस्ले गर्दथे हिजो
मुहारै मलिन बनाइ मसक्क मस्कन्छ भित्र बसी

साह्रै सुस्त भयो है व्यापार विस्तारैमा ताल्चा लाग्यो
ऋण फर्का लौ भन्दै साहू पटक्क पड्किन्छ भित्र पसी

राजश्व घट्दो छ सरकारको संकलनमा न्यूनता
अर्थतन्त्र राखौ है आशा फरक्क फर्किन्छ भित्र सखी

सेवा नै धर्म हो जागिरमा

सेवा नै धर्म हो जागिरमा पुग्नै पर्ने दश बजेपछि
नोकरीमा नातागोता सबै भुल्नै पर्ने दश बजेपछि

म फलानो यो ऊ भन्दै परिचय छाड्दै टाढा टाढा
द्रुत सेवा मुस्कानले, प्रवाह गर्नै पर्ने दश बजेपछि

सेवाग्राही ईश्वर हुन तिनलाई द्रुत सेवा दिनुपर्छ
मिल्ने काम फत्ते गर्न अघि सर्नै पर्ने दश बजेपछि

न त टार्न मिल्यो न त अलिकत्त्ति नि नकार्नलाई
लगाएकासँगै अह्राएका काम गर्नै पर्ने दश बजेपछि

पस्किएको थालको खाना खाई नौ बजेकै समयमा
लगामे घोडाजस्तै कार्यालय पुग्नै पर्ने दश बजेपछि

यो काम गरिदिनु, ऊ काम गरिदिनु भन्दै सेवाग्राही
लर्को लाग्नु अघि सुसांख्य अन गर्नै पर्ने दश बजेपछि

मान्छे

अरुको पीडाले हतपत आफू रुदैन मान्छे
आफैसँग, किन आफू, खुशी हुँदैन मान्छे ?

आफ्नो सानो दुखमा नि अचेत हुने गर्छ
अरुको ठुलै चोट पनि, किन बुझ्दैन मान्छे ?