विविध-विधा
हाइकु
केही हाइकु
……………….
१.
जलमग्न होस्
डुबानको रहर
वर्षाको बाढी
२.
कर्म त्यागेपछि
मिठो फलाहार
तृप्त छ मान्छे
३.
सबै सुन्दर छन्
श्रृङ्गार सक्कली
कालो हृदय
४.
आचार फेरेन
तृप्त हुन नसक्ने
भोको पेट
५.
आँखा चिम्लेर
मनको स्पर्श गर्छ
भुत्ते खुकुरी
६.
रमाइलो आशा
प्रेमको बन्धन
भौतिक दुरी
७.
खै चलायमान
रोकियो ठप्प
छ लकडाउन
८.
व्यापार छैन
घरमै छ बाँस
करको चिन्तन
९.
दायित्व बोध
आशा हजार छन्
कर्मको शून्यता
१०.
नयाँ नियुक्ति
हरेस खाएर
निवृत्त जीवन
११.
कोराना कहर
जनताका पिडामा
कमाउ दाउ
….. तिम्रा दुई आँखै बैमानी
हैट कान्छी ! तिम्रा दुई आँखै बैमानी ।
कर्के नजर जुधाउने भाकै बैमानी ।।
मदहोशै बनाउछ्यौ ओठ टोकी टोकी
तकीया नै बनाउँ जस्तो काखै बैमानी ।।
तिम्रो कसम ! मर्छु होला तिम्लाई हेरी हेरी,
नरम पच्छ्यौरी र चोली ढाकै बैमानी ।।
बन्ने थिंए राजा तिम्राे , स्वीकार न कान्छी !
भोली भन्दै टार्ने तिम्रो भाखै बैमानी ।।
सुन्दरताको के कुरा भो र तिम्रो अघि
खोंच, हिमाल, खोल्सा अनि पाखै बैमानी ।।
रचना मिति २०७३।०९।२०

हाम्रो नाता टुटे पनि टुटुन्
घर सफा राख्नलाई आगन, फोहोर गरेको छ।
तिम्रो दिलको गोरेटोमा जाने बाटो खोज्दैछु
१) कोरोना
१.
राजनीति त नालीमा किरा चले जस्तै लाग्छ
हाँसौँ कसरी ?
छ जिन्दगानी सपना सयौँ छन्
१.
निष्ठुरी रैछौ साह्रैनै तिमी ढुङ्गाको जस्तो मन रहेछ,