अब फेरि भर्नाको लफडो आयो
छोरीको दाँत उम्रनु कता हो कता घरमा देउसी भैलो खेल्नेहरुको जस्तै लावालस्कर लाग्न थाल्यो छोरी माग्नेहरुको । मानौ यी सबै कन्यार्थी वरहरू हुन् । एउटा टोली घरबाट निस्कन पाएका छैन, अर्को टोली थपक्क घरमा आइपुग्छ, अर्को निस्कन पाएको छैन, अर्को लगत्तै आइपुग्छ । कस्तो कचेडा हो यो, अनि कस्तो लफडा हो यो ! म आजित हुन लागिसकें । आमाको दूध छुटाएकै छैन उसलाई भर्ना गर्नुको तानातान देखेर विरक्तीन थालिसकी छोरीकी आमा पनि । उसलाई किन्नर गार्डेनमा भर्ना गरिहाल्नु अरे । यिनीहरुका आँखाबाट यो नानीलाई लुकाउनै पर्ने भयो । केही सिप नलागेर लुकाएँ पनि ।

आफू त कुखुराको जात परियो । त्यसमा पनि भाले । चारै बजे बास्नुपर्ने । बासियो । डाको छोडेर बासेकोले होला वरपरका चल्ला पनि चिउँचिउँ कराउन थाले । फेरि छपक्क लागे । एका कुनामा पोथी ओथारो बसेकी थिई । घरीघरी लामो स्वरले क्वाँक्वाँ गर्थी । म सुनिराथेँ ।
वर्षाऋतुमा भ्यागुताहरू धेरै टर्टराउँछन् । जब शरदको उज्यालो घाम उदाउँछ तब भ्यागुताको आवाज मलिन हुन्छ । वर्षात्को रिमरिम झरीमा भ्यागुताहरू चौपट्टै कराउछन् । तर झरी थमिएपछि डोबिल्के कुवामा पानी सुक्छ त्यसपछि भ्यागुताको आवाज घट्न थाल्छ । अँझ हिउँदका चीसा रातमा त भ्यागुताको जीवन्त ध्वनि सुन्न पनि पाइँदैन । अहिले जताततै भ्यागुतामात्र कराइरहेका छन् । सत्तासुन्दरीको आङबाट मनीमांसलको रिमझिम वर्षा चुहिरेछ, भ्यागुताहरूको आङमा; अनि उनीहरू घोक्रो फुट्ने गरी टर्टराइरहेछन् । काञ्चनकामीनी स्वादले आपूरित छ उनीहरूको जीव्रो; अनि त कान खाने गरी कराइरहेछन् ।
प्रिय जनता !
महामहिम नमोजीलाई दोबारा नमन् !
संसारविभागका निर्देशक श्री ईश्वरदेव उमेरको हद्म्याद पुगी खोसुवामा परे।खाईपाई आएको आस्था अर्चनाको एक लक्ष्यान्श उनले निव्रित्तभरणको रुपमापाउने भए।