Skip to content

हास्यव्यङ्ग्य

अब फेरि भर्नाको लफडो आयो

छोरीको दाँत उम्रनु कता हो कता घरमा देउसी भैलो खेल्नेहरुको जस्तै लावालस्कर लाग्न थाल्यो छोरी माग्नेहरुको । मानौ यी सबै कन्यार्थी वरहरू हुन् । एउटा टोली घरबाट निस्कन पाएका छैन, अर्को टोली थपक्क घरमा आइपुग्छ, अर्को निस्कन पाएको छैन, अर्को लगत्तै आइपुग्छ । कस्तो कचेडा हो यो, अनि कस्तो लफडा हो यो ! म आजित हुन लागिसकें । आमाको दूध छुटाएकै छैन उसलाई भर्ना गर्नुको तानातान देखेर विरक्तीन थालिसकी छोरीकी आमा पनि । उसलाई किन्नर गार्डेनमा भर्ना गरिहाल्नु अरे । यिनीहरुका आँखाबाट यो नानीलाई लुकाउनै पर्ने भयो । केही सिप नलागेर लुकाएँ पनि ।

कविको पुरस्कार रासीमा लबस्तराहरुको घोटाला

हेर्दा हेर्दै गैरी गाउँनिर गहतेको गुइँठेले र डबली डाँडा गाउँका डडुवाले समेत कविगोष्ठीबाट पुरस्कार पाएको देखेपछि मलाई खपिसक्नु भएन । साथै उसले एउटो पुस्तकको साथैमा विमोचन्याएपछि ता मेरो ब्रह्मरन्ध्र नै कामेर आयो । अनि त्यसै त्यसै मेरो पारो तातेर आयो । मुलेहरु केही लेख्न जान्नु होइन यसै कविसम्मेलनमा पहिलो दोस्रो भएर पुरस्कारै लफन्ड्याउने । अनि पुस्तक पनि विमोचन गर्ने । कसले कसरी र कुन मौकामा यी बड्कौ्रंलेहरुलाई पुरस्कार बाँडेछ हँ ? मलाई ता यो कुरा पत्ता लगाउने पोे प¥यो खड्गो ।

भ्यालेन्टाइन डे कि भाले टाइम डे ?

आफू त कुखुराको जात परियो । त्यसमा पनि भाले । चारै बजे बास्नुपर्ने । बासियो । डाको छोडेर बासेकोले होला वरपरका चल्ला पनि चिउँचिउँ कराउन थाले । फेरि छपक्क लागे । एका कुनामा पोथी ओथारो बसेकी थिई । घरीघरी लामो स्वरले क्वाँक्वाँ गर्थी । म सुनिराथेँ ।

मैले फेरि पखेटा भ्याटभ्याट गर्दै टोलै थर्किने गरी ‘कुखुरी काँssss ‘ गरेँ । ओथारे पोथी कोरकोराइन । पहिलेको चल्ला र अहिलेको अण्डामै उसको ध्यान देखेँ । खोरबाट बाहिर निस्किएँ ।

भ्यागुता टर्टराउँछन्

वर्षाऋतुमा भ्यागुताहरू धेरै टर्टराउँछन् । जब शरदको उज्यालो घाम उदाउँछ तब भ्यागुताको आवाज मलिन हुन्छ । वर्षात्को रिमरिम झरीमा भ्यागुताहरू चौपट्टै कराउछन् । तर झरी थमिएपछि डोबिल्के कुवामा पानी सुक्छ त्यसपछि भ्यागुताको आवाज घट्न थाल्छ । अँझ हिउँदका चीसा रातमा त भ्यागुताको जीवन्त ध्वनि सुन्न पनि पाइँदैन । अहिले जताततै भ्यागुतामात्र कराइरहेका छन् । सत्तासुन्दरीको आङबाट मनीमांसलको रिमझिम वर्षा चुहिरेछ, भ्यागुताहरूको आङमा; अनि उनीहरू घोक्रो फुट्ने गरी टर्टराइरहेछन् । काञ्चनकामीनी स्वादले आपूरित छ उनीहरूको जीव्रो; अनि त कान खाने गरी कराइरहेछन् ।

अमेरिकाको यात्रापछिका जुँगेबाका ताउरमाउर

मेरा प्रेरणाका स्रोत जुँगेबा, मेरा हाँस्य कथा र हाँस्य निबन्धका स्रोत जुँगेबा, मलाई यदाकदा व्यावहारिक र चटके विद्याको गुरु जुँगेबा अनि मेरो पहाडको घरका छिमेकी जुँगेबा । यसपालि अमेरिका पुगेर फर्किएपछि उनका ताउमाउर बढेर उनी छोइनसक्ना भएका छन् । केही वर्ष पहिले काठमाडौं गएर फर्किंदा समेत उनको नाक एक बित्ता लामो भएको थियो । उतिबेला काठमाडौंबाट फर्किंदा काठमाडौं यस्तो र काठमाडौं उस्तो भनेर गाउँ भरी डिङ हाँकेका थिए भने अहिले उनी अमेरिका गई ५ महिना उतै बसेर फर्किएपछिको ता के कुरा गर्ने र ? स्वर्गैमा पुगेको र स्वर्गै देखेको बयान गर्न पनि उनी पछि परेका छैनन् । बाको ताउरमाउर भनिनसक्नुको भएको छ । उताबाट आएपछि सबैले उताको कुरा सोधेर उनलाई हैरान पारेका छन् । अलिक लाटासुधालाई ता ‘तँ मुलासँग के स्वर्गको कुरा गर्नु जा पर’ भनेर टार्छन् ।

स्मृतिग्रन्थ प्रकाशनको बाढी

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”

“के छाप्न लाग्नु भो दाइ ?’

भूतसभाको सन्त्रास

बाल्यकालमा आमा बुबाले,आफन्तजनले आफ्ञ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो भूत आयो भन्दै तर्साउने गर्दथे ।रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको असर जिन्दगीभर पर्दोरहेछ । अहिले पनि भूतको कुरा गर्दाँ आङ सिरिङ्ग हुन्छ । डरले सातोपुत्लो जान्छ । लुगलुग काँप्न थाल्दछु । होसहवास सबै उडेर चेतनशून्य हुन्छु । रातको समयमा भूतहरूको चलखेल हुन्छ भन्ने कुरा त जोसुकैलाई पनि अवगत भएकै कुरा हो । मध्यरातमा उनीहरू खुब रमाउदै यताउति हिड्छन् । दिनचरहरू रातमा हिडडुल गरेमा उनीहरूले सिकार बनाउछन् रे। त्यसो भनेपछि त झन् डर लाग्छ मलाई त । आफ्नो ज्यानको माया त लागिहानछ नि । बाँचे संसारमा यी दुई टोड्.का आँखाले अनेक कुराहरू देख्न पाइन्छ । यी दुलो परेको दुई कानले अनेक कुराहरू सुन्न पाइन्छ ।

मोवाइलमा अल्झिएको प्रेम

नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अँझ नयाँ नयाँ आविष्कारको खोजी गरेर विश्वलाई उथलपुथल पारिदिए पनि हुन्छ जस्तो लाग्छ ।

भुडी परीक्षण अभियान

तपाईको भुडी कस्तो आकार प्रकारको छ ? कहिल्यै अवलोकन गर्नुभएको छ ? मूल्याङ्कन गर्नुभएको छ ? भुडीको बारेमा कहिल्यै एकान्तमा बसेर घोत्लिनु भएको छ ? यदि छ भने तपाईलाई मुरी मुरी धन्यवाद । कमसेकम जीवनमा अरू केही गर्न नसके पनि आफ्नो भुडीको विषयमा त सोच्नुभएको रहेछ नि । संसारमा कति प्रकारका भुडीवाल मानवहरू देख्नुभएको छ ? कुनैका घ्याम्पे भुडी, कसैका पुटुस्स परेर बाहिर निस्किएको फर्सी आकारको भुडी, कसैका केराका दाम्चा आकारका ख्याप्से भुडी, कसैका माटाका घैटो आकारका घैटे भुडी, कसैका जतिसुकै हसुरे पनि बाहिर नदेखिने सुलुत्त परेको लाम्चे भुडी । मान्छेपिच्छेका फरक फरक भुडी आदि ।

उसिन्नु पर्ने अण्डा किन पकाइस् ?

“जुन खोलाको दुवाली उही खोलाको चपरी” ठाउँ अनुसारको रहनसहन हुन्छ । मान्छे अनुसारको बानी व्यहोरा हुन्छ । हरेक मावनमा केही न केही भिन्नता हुन्छ । यो दुनियामा भएका मानवका मानवीय स्वभाव नै यही हो । सबै एकै स्वभावका मानिस भएमा त त्यो त मानवीय गुण नै भएन नि । एउटै ड्याङको मुला जस्तो भैहाल्छ नि । अरू मानिसभन्दा तपाईमा के पृथकता छ ? साझा गुणहरू के के मिल्छन् ? कोही कसैसँग पनि नमिल्ने गुण तपाईमा के लुकेर बसेको छ ?

थ्री एमको क्रेज

समय गतिशील छ निरन्तर चलिरहन्छ । यसलाई न कसैले रोक्न सक्छ । न कसैले छेक्न सक्छ । यसलाई रोक्न वा छेक्ने दुस्प्रयास गरेमा ऊ सधैं समयले लात मारेको अवस्थामा रहन्छ । समयभन्दा धेरै पछाडि धकेलिन्छ । समयको घोडा चढेर हिड्न जानेन भने समयले साउनको भेलमा नदी किनारामा छोडेका मुढाको हविगत हुन्छ । पहिले के के न गर्छु ? कहाँ कहाँ पुग्नेछु भन्दै कोही कसैलाई पनि गणना नगरी त्यसै त्यसै फुर्किएर संसार नै जितौला झै गरी पानीको छालसँगै उफ्रिदै नाँच्दै अग्ला अग्ला पानीका छालसँगै तीव्र गतिमा प्रवाह हुने मुढाको हालत अन्त्यमा किनारामा डङ्रङ्ग पछारिएर रहेको अवस्था खेप्नु पर्ला । तर त्यसो भनेर चुप लागेर बसिरहे पनि आफ्नो उन्नति प्रगति हुने कहिले ?

रित्तो बटुकोमा भोट

प्रिय जनता !
मेरो कोटिकोटि नमस्कार !

फेरि आएछ भन्नुहोला । अरू बेला आउँदै आएन ठान्नुहोला । जनताको सेवामा समर्पित यस जीवनले फुर्सद पाउँदै पाएन । के गर्ने मन भएर नहुँदो रहेछ, परिस्थितिको दास नभई नहुँदो रहेछ । त्यसैले आइएन । र, पो अहिले स्पष्टीकरणको वयान नदिई धरै पाइएन । यसो भन्न पाउँदा समेत आत्मीयताको वोध भइरहेछ । साँच्चै जनता जनार्दन ! मलाई हजुरहरूको खोजी गर्ने फुर्सद मिल्दा अपूर्व आनन्द लागिरहेछ ।

पुरस्कारको चारो छर्नुहोस आफ्नै खल्ती भर्नुहोस्

केही वर्ष यता नेपालमा पुरस्कार नामक दुवाली थापेर लेखक रुपी माछोलाई बल्छीमा पार्ने चलनको जोडदार ढङ्गले विकास भएको छ । यस अवधिलाई पुरस्कार थाप्ने कामको स्वर्णीम कालभन्दा पनि बढी हुँदैन । कुनै बेला एउटा बबुरो मदन पुस्कार मात्र थियो नेपालभरि । त्यसको इजत बेग्लै थियो । आज त्यसलाई लफन्ड्याउने खालका घागघाग पुरस्कारहरू देशभरि छरपट्ट उम्रिएका छन् । करोडिमलहरूले उमारेका छन् । पुरस्कारको पिण्ड बटारेर लेखकहरूको तर्पन पानी र सराद्धे गर्न बसको यी लोट्टोका संस्थापकहरू मानौं भारतको गयाका लम्बरी पण्डाहरू हुन् जसले लेखकको पिण्डपानी गर्छन् र आफ्नो भित्री अदृश्य स्वार्थ सिद्ध गर्न धामा गरिरहेका हुन्छन् ।

पाँच लघु हाँस्यव्यङ्ग्यात्मक निबन्ध

१. थप्पडको मुङ्ग्रो
हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी फुलेर चना भयौ । हामी चाम्रेर नासिन्छौँ । तिमी उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाएको पलायै छ । हाम्रो शुद्धि हराएको हरायै छ । अरू बेला हप्काउँछौ, थर्काउँछौ, त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा हाम्रो छाप लिन भने गुलिया भजन सुनाउँछौ । तिमीलाई जिताउँदा पनि उही भयो । तिमीलाई हराउँदा पनि त्यही भयो । मन मिल्दा सहकर्मीसँग घाँटी जोडिएको कुरा गर्छौ । मन भाँडिँदा पानी बाराबार गर्छौ ।

लोडसेडिङ साइडइफेक्टस्

भन्नेले भनून्, कान फूक्नेले फूकून्, ब्रह्माण्ड पुग्ने बिजुली निकाल्न सक्ने देश नेपालै हो भनेर गफ लाउन्; पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन समाचारले नेपालमा यहाँनेर, त्यहाँनेर, हाइड्रोपावर बन्दैछ भन्ने समाचार सुनाउन सम्म किन नभ्याउन्,नेपाल देशले आउने दिनमा टन्नै मेगावाट बिजुली निकाल्ला-ननिकाल्ला, ती कुरा एकतिर, तर कुरो काँनेर भन्नुहुन्छ भने, हिजो आज काठमाडौ खाल्डोको कुरा गर्दा राजधानी भन्नै लजाउँछ ।

MaheshThapa

नमो नमः दोबारा

महामहिम नमोजीलाई दोबारा नमन् !

कौन बकम्फुस् भोर/सबेर काएँ–काएँ कराएर निंद हराम गर्दैछ नभनिबक्सेला। म उही हल्लूँड हुँ, पिछले बरस हजुरले संविधानसभामा बिन बजाउँदा हाम्रा नेतागणले नागिन डान्स गरेकोमा उदेकिंदै चिठ्ठी लिख्ने। आफूलाई सुपरहिट भुइँफुट्टा ठानेर ‘सिक्वेल’ लेख्न अधमरिलियौ? भन्दै रिसानी नहोला। मेरो तरफसे हिट/फ्लपमा कौनो दावी नाई। मलाई मालुमै छ कि हजुर यताको प्रमाण–पत्रलाई बाल दिबक्सन्न। हजुरको किमती ट्यामको महत्व सम्झ्ँदै फटाक् से मनको बात कहने अनुमति चाहन्छु।

पाहुनामहात्म्य

पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’

हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको थियो । मलाई पनि पाहुनाको समस्याले उभिन्ड्याइसकेको थियो । तर म भने कसै गरी थामिरहेको थिएँ । कुनै दिन पनि पाहुनाले एक्लै रहनै दिएका थिएनन् । कोही म्यानपावरका लागि अन्तर्वार्तामा आएका, कोही छोराछोरीको बिहेका सामान किन्न आएका, कोही औषधी उपचार गर्न आएका, कोही भिसा र पासपोर्ट बनाउन आएको त कोही केटी हेर्न आएका कोही प्रेमको फर्माइसका लागि । साँझ पर्नै पाउँदैन एक न एक जनाको आगमन भइहाल्छ ।

चोरहरू

“जो चोर उसको ठुलो स्वर”भन्ने उखान त पक्कै पनि सुनेको हुनु पर्छ । सुन्नु मात्र हो र जिन्दगिमा कयौँ पटक यस उखानको प्रयोग गरेर अर्कोलाई हियाउनु प्रयास पनि गर्नुभयो होला । जो जसले चोररै जिन्दगीको रथ हाकिरहनु भएको छ । यस्ता व्यवसायी चोरहरूलाई तँ चोर होस भनेर दोस लगाउदाँ खासै आपत्ति पर्दैन । चोरलाई चोर त भन्यो नि तर यो पंक्तिका के आरोप लगाउन चाहन्छ भने तपाईहरू सबै जना चोर हुनुहुन्छ । नाथे चोरल के फूर्ती देखाउनु के धाक लगाउनुहुन्छ र !

आस्थाको फाइल

संसारविभागका निर्देशक श्री ईश्वरदेव उमेरको हद्म्याद पुगी खोसुवामा परे।खाईपाई आएको आस्था अर्चनाको एक लक्ष्यान्श उनले निव्रित्तभरणको रुपमापाउने भए।

निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। भाग्यले भगवानको साख्ये भाइ म हुँ भनी किरिया खायो। ज्ञान गनगन गर्दै थियो, विज्ञानले सबैको दाबी निराधार हुन् भनी एक-एकको पर्दाफास गर्यो।