Skip to content

हास्यव्यङ्ग्य

पुरस्कार थाप्ने फोबिया

आज भोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग बढेर गएको छ । यो भनेको आत्मरति हो । आत्मरति वा आत्मप्रशंसा खोज्ने रोग बढेर गएपछि मान्छेलाई त्यसले पलपलमा पिरोलो पारिरहँदो रहेछ, गाँजिरहँदो रहेछ । हुनत यो आत्मरति, आत्मालाप, आत्मराग वा आत्मप्रशंसाको भोक आजका मनुवामा मात्र रहेको छ र उहिलेका मनुवाहरूमा थिएन भन्ने कुरा काटे पनि साँचो होइन । उहिले उहिलेका रिखिमुनि र बुढापाकामा वा देउदेउतामा पनि यो रोगको भोक खपिनसक्नु गरी हुने गरेकै हो । उनीहरू ता आजका भन्दा अझ बढी यसका भोका हुन्थे ।

पुरस्कारको वितरणमा नयाँ जुक्ति

“उता ‘चटकलाल, जठरबली ठनमाया स्मृतिकला कल्पपल्ली स्मृति प्रतिष्ठान’को पुरस्कार वितरणमा कति सजिलै कुरा मिलाइएको थियो, यसमा भने कम समस्या परेको होइन । बल्ल बल्ल कुरा मिलाइयो । यो सचिवको पोस्टमा अचेलको केटो परेछ ।

सम्मान फोबिया

आज भोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग बढेर गएको छ । यो भनेको आत्मरति हो । आत्मरति वा आत्मप्रशंसा खोज्ने रोग बढेर गएपछि मान्छेलाई त्यसले पलपलमा पिरोलो पारिरहँदो रहेछ, गाँजिरहँदो रहेछ । हुनत यो आत्मरति, आत्मालाप, आत्मराग वा आत्मप्रशंसाको भोक आजका मनुवामा मात्र रहेको छ र उहिलेका मनुवाहरूमा थिएन भन्ने कुरा काटे पनि साँचो होइन । उहिले उहिलेका रिखिमुनि र बुढापाकामा वा देउदेउतामा पनि यो रोगको भोक खपिनसक्नु गरी हुने गरेकै हो । उनीहरू ता आजका भन्दा अझ बढी यसका भोका हुन्थे ।

असनको डबली

“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!”

“अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।”

“देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न …!”

किन बन्दैन नेपाल?

महाकवि देवकोटाले नेपाल सानो नरहेको जखमले प्रमाण पेशिसकेको हुँदा हाम्रो राजनीतिले बबाल विवादबाट निजात पायो भन्नुस्।

खोटा सिक्का

चतुरे नेताहरूतिर यसो चोरऔंलो उठाउन नभ्याउँदै ‘जनता गुनाका नेता’ भन्दै हामी सोझालाई धतुरो सुँघाउने चलन चलेको चल्यै छ।

मपाईं

  • by

‘तँ’को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’को आदरार्थी ‘मपाईं’ हुन्छ। त्यसैले सभ्य भाषामा ‘तँ’को ठाउँ तपाईंले ओगटेपछि ‘म’को ठाउँ ‘मपाईं’ले नलिनु किन? ‘म’लाऐ संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि ‘म’को स्थान प्रथमै छ। त्यसैले हामीले पनि बाह्रखरी पढ्दैदेखि ‘म’लाई राम्रो ‘म’ भनी मान गर्दै आएका छौं। जब सँगैको ‘तँ’ जाबोले पदोन्नति पाई ‘तपाईं’ भयो भने ‘म’लाई पदोन्नति दिई ‘मपाईं’ नगराउनु पच्चीसै आना पक्षपात हो, ‘म’प्रतिको अन्याय हो। यसकारण अरुले ‘तपाईं’ भने पनि नभने पनि हामीले आफूलाई ‘मपाईं’ भन्नै पर्छ, यो युगको माग हो; ‘मपाईं’को मन्तव्य यस्तै छ।

स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”
“के छाप्न लाग्नु भो दाइ ?’

कथाको माग

‘कथाले मागेजति देखाउने’ नेपाली फिल्मका नव–नायिकालाई समेत माथ खुवाउने भइसके है जनमुक्तिको जुक्ति झिक्ने हाम्रा लीलावादी नेताजी पनि!

स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”
“के छाप्न लाग्नु भो दाइ ?’

जाऊ जाऊ जाऊ

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
तिम्रो भयो भाउ
आज सम्म गाउँ खायौ
अब देश खाऊ ।

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
मोज गर्न जाऊ
भोज खान जाऊ
तर मार्न जाऊ
तिमीलाई छुन सक्ने
कस्को बाउ ?
जाऊ ज्वाइँ जाऊ
ससुराली खाएका थ्यौ
अब देश खाऊ
जाउ जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ ।
गाउँ मात्र खाएका थ्यौ
अब देशै खाऊ ।

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
जनतालाई देखाउन
सम्विधान बनाऊ
बनाएकै भोलिपल्ट
सम्विधान डढाऊ ।
नसक्ने नै भएदेखि
जुलुस लिई आऊ
मुन्द्रेहरु अघि लगाई
टायर बाल्न जाऊ
सक्छौ भने चाँडो चाँडो
सम्विधान बनाऊ
सोचे जस्तो भएन कि

उत्तरदायित्व सम्बन्धि ऐन-2070

प्रस्तावनाः नेपाली नागरिकहरू तथा नेपालमा बसेबास गरेका बिदेशी नागरिकले आफूले गरेका/नगरेका वा निजको संलग्नता/असंलग्नताबाट शिर्जित कारणले उत्पन्न भएको नकारात्मक परिणामको उत्तरदायित्व बहन गराउने कानून बनाउँन वान्छनीय भएकाले ।

गणतन्त्र नेपालको संविधान सभा–२०६४ घोषणा भएको ….वर्ष सम्ममा पनि संविधानसभाले नेपाल राष्ट्र र नेपाली जनताप्रतिको उत्तरदायित्व न बुझेको, बहन गर्न न खोजेको तथा नसकेकाले राष्ट्र, राष्ट्रियता र जनताप्रति उत्तरदायि सचेत समूहले यो ऐन बनाएकोछ ।

मादक वस्तुको सेवन

झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम बिक्री ज्यादै आश्‍चर्य लाग्दछ ।

केही खन्चुवाहरू

मेरी पूज्या स्वर्गीय माताश्रीका अनुसार खन्चुवाहरूका उदाहरण यो दुनियाँमा मनग्गे छन् । उहाँ सबैभन्दा बढी खन्चुवाको उदाहरण दिनुपर्दा अगस्ति नै हो भनेर ठोकुवा गर्दै भन्नुहुन्छ । तर अगस्ति ऋषिले समुद्र सुकाएरै तरल पदार्थ धोक्र्याए पनि ठोस पदार्थ त्यसरी बुत्याएको कुरा देखिँदैन । तैपनि उहाँ बढी खाने खन्चुवाहरूलाई उसको अघिपछि कुनै बेला कस्तो अगस्तिरहेछ भन्नुहुन्छ । उहाँ अँझै भन्नुहुन्छ– ‘ताप्लेजुङ् अथवा पाँचथर कताको हो एक जना मान्छे एक पाथी चामलको भात, एक ठेकी दही, एक कराही दाल र अचारसँग हसुरेर हिंडेको ७ दिन लाग्ने बिजनबारीबाट केही नखाई १ मुरी नून बोकेर आइपुग्थ्यो अरे ।

लाहुरेको यात्रासंस्मरण

एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि !