पुरस्कार थाप्ने फोबिया
आज भोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग बढेर गएको छ । यो भनेको आत्मरति हो । आत्मरति वा आत्मप्रशंसा खोज्ने रोग बढेर गएपछि मान्छेलाई त्यसले पलपलमा पिरोलो पारिरहँदो रहेछ, गाँजिरहँदो रहेछ । हुनत यो आत्मरति, आत्मालाप, आत्मराग वा आत्मप्रशंसाको भोक आजका मनुवामा मात्र रहेको छ र उहिलेका मनुवाहरूमा थिएन भन्ने कुरा काटे पनि साँचो होइन । उहिले उहिलेका रिखिमुनि र बुढापाकामा वा देउदेउतामा पनि यो रोगको भोक खपिनसक्नु गरी हुने गरेकै हो । उनीहरू ता आजका भन्दा अझ बढी यसका भोका हुन्थे ।

“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!”
प्रस्तावनाः नेपाली नागरिकहरू तथा नेपालमा बसेबास गरेका बिदेशी नागरिकले आफूले गरेका/नगरेका वा निजको संलग्नता/असंलग्नताबाट शिर्जित कारणले उत्पन्न भएको नकारात्मक परिणामको उत्तरदायित्व बहन गराउने कानून बनाउँन वान्छनीय भएकाले ।