हास्य व्यङ्ग्यमा समालाेचना

हास्य व्यङ्ग्यमा समालाेचना

उहाँको नाम नभनौं । अँ, उहाँले पढेर यसो केही लेखिदिनुहुन अनुरोध गर्नु भएको हुँदा एक दिन लगाएर हातमा कलम लिएर विशेष शब्दमा धर्का लगाएर पढें र किर्ती (उहाँकै शब्द) पढ्न थालें । पढिसकें । पढ्दै जाँदा सत्र ठाउँमा विध्यालय, सात ठाउँमा विध्यार्थी, सातै ठाउँमा अत्याधिक, पाँच ठाउमा भुमिका निभाउनु, एक कर्तब्बे निभाउनु . एक ठाउँमा अध्यात्मिक, दुई ठाउँमा द्दन्द्द, तेर ठाउँमा बुद्द, एक ठाउमा सिद्दान्त, पध्य, गध्य एक एक, र यस्तै अनेक पदहरुको प्रयोग गरेर लेखिएको किर्ती (उहाँकै शब्द) पढियो । गति परियो । माथि भनिएका भन्दा बाहेक ह्रस्व र दीर्घका कुरा र स श ष का कुरा ता कसले हेरिहोस् । नानी भन्दा नाना गतिलो भनेजस्तै लाग्यो । भित्र हेर्दा केही नाक ठड्याउनु पर्ने सामग्रीहरु राखिएको सँगालो किर्तीको नाम ‘तिमीलाई सिर्फ तिमीलाई….!!’ (नाम परिवर्तित) छ । नामैबाट बुझिहालिन्छ । कुन व्धिाको पुस्तक हो भन्ने कुरा । यद्यपि भित्री पृष्ठमै लेखकः र किर्तीः लेखिने ठाउमा लेखकको नाम र विधा लेखिने ठाउमा विध्या भनेर लेख्नै भएको छ । चवालिस पृष्ठ लामो असी ओटा किर्तीहरु भएको र सय रुपियाँको यो किर्ती सबैले पढेर लेखकलाई प्रोत्साहन गर्नु पर्ने ठहर गरेको छु ।
अब किर्ती पढिसकियो । लेखिदिनु पर्ने कता पो लेखौं हँ ?
अब केही लेख्नु पर्ने भो । कता लेखौं त ………..

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *