Skip to content

हास्यव्यङ्ग्य

कविताको कमाल

हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल ।

कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला बहुदलमा एकलठ्ठी भए त अधिनायक भइहाल्यो नि ! बहुलठ्ठी भए पो एउटाले लठ्ठी चलायो कि अरू लठ्ठी लठ्ठक बन्दैनन् र उस्तै परे लठ्ठीको झट्टी वर्षन बेर हुन्न । यही लठ्ठी अर्थात् पौरुष्यमा पट्टी पठ्ठासँग लठ्ठी कट्टी प्रदर्शनमा पछि पर्दैनन् । नपत्याए डान्सका डनसँग सोध्नोस् । पठ्ठा पनि ठट्टै ठट्टामा चट्टीको झट्टीको भय नआउने भए पठ्ठीसँग लठ्ठी लट्टपिट्ट िपार्न बेर हुन्न ।

भोलेनाथ-पार्वती संवाद

  • by

“केभएको प्राणनाथ ?” माता पार्वतीले सोध्नुभो, “कैलाशमा किन हल्लीखल्ली !
“हल्लाइदा कपीदेखि डालीका जामुनाहरू । ” आराध्यदेव पशुपतिनाथले भन्नुभो, “शब्द भो पानीमा खस्दा बुलुबुलु बुलुबुलु !”
“त्यसो मात्र हो र प्राणनाथ ?” माता पार्वती थप जिज्ञासु हुनुुभो, “कपी क्रीडाकै कारण श्लेषमान्तकको शान्ति खलबलिने गरी यो होहल्ला भएको हो त !”

जग्गा कसको जोत्नेको घर कसको पोत्नेको

  • by

‘जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको ।’ यो नारा मैले म सानो हुँदा नै मेरो बाको मुखबाट सुनेको हुँ । त्यसपछिका समयमा अलि सेलायो । पछि आफू पनि बा भएदेखि उही नारा घन्कन लागेको पाएको छु । भन्छन्, यो नारा त २००७ साले क्रान्तिदेखिको हो । शब्दालङ्कारको प्रयोगले नारा ज्यादै कर्णप्रिय बनाएको छ । छन्दोबद्ध कविता लेख्ने कुनै कविको राम्रो रचना हो यो ।

जनपार्टी, जनकमरेड, जनसिण्डिकेट

कमरेडहरुको टोलमा हानाहान भयो। उसो त कमरेडहरु भएको ठाऊँमा ठोकाठोक-हानाहान नहुने कुरो पनि भएन। कमरेडहरुले सत्ता हान्नैका लागि यत्रो क्रान्ति गर्नुभएको हो, आधाजति त हानिपनि सक्नुभयो। पूरै सत्ता अझै हानिसक्नुभएकै छैन कमरेडहरुले, त्यसैले हानाहानको अभ्यास जारी राख्नै प-यो। जनवाद भनेकै हानवाद हो वास्तवमा, त्यसैले कमरेडहरुलाई ‘हानवादी’ भनेपनि खासै फरक पर्दैन।

निरङ्कुश समयको सम्बोधनमा

  • by

धेरै वर्षपछि पल्टाएको
पुरानो कुनै पुस्तकको पानाजस्तै
धूलैधूलो भएर छरिएको छ
मेरो बैंश र मेरो अतीतको जीवित स्वरूप ।

पुलिस महात्म्य

  • by

म आज पुलिसको बारेमा लेख्न बसेको छु तर लेख्दा लेख्दै कुन सट्का खोरमा जाक्किनु पर्ने हो त्यसको भने कुनै ठेगान छैन भन्ने कुराको पनि हेक्का न राखेको होइन मैले । तर के गर्नु, पुलिसको बारेमा लेख्नुको मजै अर्को छ । साँच्चै भन्ने हो भने हाम्रा साहित्यकार मित्रहरूलाई महाकाव्य लेख्नु परोस्, काव्य लेख्नु परोस्, नियात्रा लेख्नु परोस्, जात्रा लेख्नु परोस्, निबन्ध वा प्रवन्ध मिलाउनु परोस्, गद्य कवितामा बग्नु परोस् वा छन्दमा बन्द हुनु परोस्, गजल गाउनु परोस् वा पजलमा बहुलाउनु परोस्, व्यंग्यलाई बटार्नु वा हास्यमा पात्तिनु परोस्, त्यसको लागि एउटा सुन्दर, प्रभावशाली, प्रभावकारी, युगयुगान्तकारी विषय पुलिस बाहेक अरु केही हुन सक्दैन ।

परीक्षा केन्द्र : माने एक्जाम् हल

  • by

उल्फ के.सी. : (पप गायन शैलीमा) : ओ ऽऽऽ मा’ भ्यालेन्टाइन ल्यासी ! ऽऽ आई लभ या’ ऽऽ आई लभ याऽऽऽ आई लभ या ऽऽऽ ओ ऽऽऽ

सेक्सी पाण्डेः (उस्तै नक्कल गर्दै) ओ ऽऽऽ यू ब्लडी स्वाइन ऽऽऽ यू लुक अन् द मिरर ऽऽऽ ऽऽ अर ऽऽ अर ऽऽ

उल्फ के.सी. : ओ ऽऽ मा’ ओल्ड बिच ! आ’म द स्मार्ट एण्ड क्यूट ऽऽ आ’म द हिरो नम्बर वान् ऽऽऽ यु’र माई भेलेन्टाइन गर्ल ऽऽऽ ऽऽऽ

व्यङ्ग्य ‘विवाह’

  • by

यो त हामीले सुनीआएका छौ कि विवाह गरेको पहिलो वर्ष श्रीमानको लागि श्रीमती चन्द्रमुखी हुन्छिन् । दोस्रो वर्षमा श्रीमती सूर्यमुखी बन्छिन भने विवाहको तेस्रो वर्षदेखि श्रीमती ज्वालामुखी बन्छिन् । त्यस्तै हामीले सुन्न नछुटाएको अर्को कुरो के पनि हो भने विवाहको पहिलो वर्ष पति बोल्छन्, पत्नी सुन्छिन्, दोस्रो वर्ष पत्नी बोल्छिन, पति सुन्छन्ः अनि विवाहको तेस्रो वर्षदेखि पति, पत्नी दुवै बोल्छन् अनि छिमेकीहरू सुन्छन् । यी कुराहरू कति सत्य हुन् कति असत्य, त्यसको व्याख्या त व्यक्ति विशेषमा भर पर्छ, तर के चाहिा सत्य हो भने प्रेम अन्धो हुन्छ अनि विवाहले केही वर्षमै आाखा खोलिदिन्छ । सायद, त्यसैले भनिएको होला – “प्रेम विवाहको उषा हो भने विवाह प्रेमको सूर्यास्त ।”

मान्छे, स्वास्नी र लोग्ने

  • by

स्वास्नी र मान्छेको संयोगबाट बनेकी नारीभन्दा भिन्न, लोग्ने र मान्छेको सम्भोगबाट बनेको पुरुषभन्दा भिन्न-एक्काइसौ सदीका हामी जो छौ ती भूपीका कविताको हामी होइनौ-फगत् पाइतालामा ठडिएका, शङ्कर लामिछानेको निबन्धका प्याज होइनौ-फगत् एब्स्ट्राक्ट चिन्तनमा दरिएका, न त पारिजातको शिरीषका फूल हौ हामी-जो गन्धहीनताको आवरणमा सुगन्ध कल्पिरहेका । देवकोटा लक्ष्मीप्रसादले पोखेको पीडामा हामी पागल ठहरिउला तर प्रधानको विश्लेषणमा त बौलाउनुभन्दा मर्नु निको ! पुख्र्यौली आहृवान हाल्ने भूतका भिनाजुको उल्टो अभिव्यक्ति छ- अभिको ।

हाई-टेक ठट्टा

विज्ञान र प्रविधिले निक्कै उन्नति गरिसकेको छ र त्यसको प्रभाव र प्रतक्ष असर हामी नेपालीहरको दैनिक जिवनमा पनि देखा परिसकेको छ । आज त्यस्तै उन्नति र प्रगतिले ल्याएका र ल्याउने केहि सम्भावित ठट्टा गरौं।

एक:
ईमेल र ईण्टरनेटको व्यापक प्रयोग अनि च्याटिङको कमाल कुनै दिन नेपाली जन जिवनमा यसरी देखीने छ:

लिलाम घटाघट

  • by

आफ्नो परिचय दिँदा उसले बडो सुन्दर ढङ्गमा भन्ने गर्थ्यो- “म नेपाल हुँ ।”

वास्तवमै सुन्दर थियो नेपाल तर यो सुन्दरतालाई कायम राखिरहन सकेको थिएन उसले । जब सेता हिमालयका टोपीलाई उसले ठाडो राख्न खोज्थ्यो, तब तराईतिर धोती खुस्कन्थ्यो, जब धोती सम्हाल्न खोज्थ्यो तब शिरको टोपी झर्न खोज्थ्यो ।

बर्कतको हर्कत

  • by

दिन-उमेरले बर्कत बढ्दै गएपछि नानाभा“ती हर्कत देखाउनु नौलो कुरा रहेनछ । पाडो बढेपछि रा“गो बन्छ र थोरेको बगाल कज्याउ“छ । चल्ला बढेपछि भाले हुन्छ र पोथी सर्ुमर्छ । बहर फस्टाएपछि सा“ढे बनेर सुइठाउ“छ र प्रतिद्वन्द्वीका नाउ“मा सि“गौरी खेल्छ अनि तोरीबारी र“गेल्छ । छाउरो बढेपछि डा“गो बन्छ अनि गल्ली, सडक जथाभावी भुक्न, उप्रिmन र टोक्नसमेत छुट पाउ“छ । त्यसैले होला हिटलर बाजेले आफ्ना प्रिय जनरलहरूलाई भन्थे रे, उच्च मनायोगले आत्मबल बढाऊ, शत्रु लडाऊ र धर्तीमाथि एकाधिकारी र्सवसत्तावादी दरो पाउ जमाऊ । कहिल्यै खुट्टा नकमाऊ । बस् † हाम्रै कर्ुर्सर्ीीन्त नेताहरू पनि बाजेभन्दा कम कहा“ छन् र – आफ्नो हालहैकम चल्दासम्म देश लोकतन्त्र र गणतन्त्रमय बन्छ अलि तलबितल परे प्रतिगमन उर्लिएर छोप्नै खोजेको भान पर्छ ।

जय भुँडी

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।

साँढे

हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाऐ पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणा रहँदै आएको छ। आफू घोडा, हात्तीमा चढ्ने हुँदा हाम्रा पुर्खालले आफ्ना देवीदेवताहरुको लागि पनि चढेर हिंडने एकोटा जनावरको प्रबन्ध गरिदिएका छन्। जस्तै- विष्णुलाई गरुड, देवीलाई बाघ, यमराजलाई राँगो र गणेशलाई मुसो। आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सट्टा हेलिकोप्टर दिइँदो हो। यस्तै आरुलाई पनि दर्जा हेरी कार, स्कुटर, रिक्सा, साइकल आदि वितरण गर्दै गणेशजीलाई चाहिं गाडाकै प्रबन्ध गरिन्थ्यो कि? भन्नाको मतलब आजका हिन्दूले महादेवको बन्दोबस्त गर्नुपरेको भए वा महादेव अहिलेसम्म रहेका भए त्यही साँढे चढी के हिंड्दा हुन्? यताउति हिंड्न कमसेकम एउटा मर्सिडिज कार र हिमालयमा ससुराली जान एउटा विशेष किसिमको हेलिकोप्टर त उनीलाई चाहिन्थ्यो, चाहिन्थ्यो। तर जान दिऊँ उस बेला जे भयो, भयो। महादेवको विशेष वाहनमा श्रीमान् साँढे नै नियुक्त भयो।

शशि शाहको घोडा

  • by

सडकमा तीव्र वेगले अघि बढिरहेको जीवलाई मैले चिने“ । यो नेपालको प्रसिद्ध कलाकार शशि शाहको पेन्टिङ्को घोडा थियो । छिमेकी देश हिन्दुस्तानका बूढा चित्रकार मकबुल फीदा हुसैनको घोडाजस्तो लागेको थियो । तर, होइन, शशि शाहकै घोडा थियो । चित्रबाट निस्केर एक्कासि दगर्ुन थालेको देखेर मलाई विश्वास गर्न गाह्रो भयो । तर, आ“खाअघिल्तिरको यथार्थलाई कसरी अस्वीकार गर्न सकिन्छ – म शशि शाहको पेन्टिङ्को प्रशंसक हु“ । यसो ता मलाई यसको त्यति जानकारी छैन । जे होस्, फुटपाथबाटै कराएर मैले अभिवादन गरे“, “जयनेपाल घोडाज्यू ।”

माप चिडियाखाना

सहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र सिसाकलम बोकेर काँधमा क्यामरा भिरेर अघि लागेको थियो । ऊ एक खप्पिस अनुसन्धानकर्मी पर्यटक थियो । उसका पछाडि थियो होचो कदको नेपाली गाइड । बौद्धिक गाइडकर्ममा ऊ पनि कम निपुण थिएन । ज्ञानपिपासु पर्यटक नयाँ नेपालको नवीन यथार्थको अवलोकन गर्न आतुर थियो । उता गाइडचाहिँ चतुर गोराका गहन प्रश्नहरूको सटीक उत्तर दिन सकुँला कि नसकुँला भनेर चिन्तातुर थियो ।

पशु – पशुपति र मान्छे

  • by

साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंले पुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ – मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।”

गिलास

  • by

कति अनौठो छ गिलास ! सानो फेदबाट फैलिँदै टुप्पोतिर गएको । तर आफैँमा सन्तुलन मिलाएर बस्न कत्ति जानेको !
– चिया राख्‍नोस्
– पानी राख्‍नोस्
– दूध राख्‍नोस्
– बियर राख्‍नोस्
– रक्सी राख्‍नोस्

नेताको व्यथा

  • by

राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरनिे घँैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको घैँटोमध्ये लोटा जाति असङ्ख्य हुन्छन् । लोटाको भाग्य गजबको हुन्छ राजनीतिमा । तिनको प्रवेश पाइखानाबाहेक अन्यत्र हुन्न । यस्ता लोटे कार्यकर्ता केही झर्ला र घैँटे भुँडी भरौँला भन्दाभन्दै आफू रिित्तन्छन् । अर्थात्, यस्ता लोटाको प्रयोग पत्तै नदिई नेताले के जाति धुवाइका लागि गरसिकेको हुन्छ । लोटालाई नेताले काँधमा बोक्दैनन्, हातमै च्याप्छन् । यस्ता लोटामा प्राध्यापकदेखि प्रोजेक्ट प्रापक, पत्रकारदेखि साहित्यकार र दूतालय पोषित अरौटे-भरौटे कर्मचारीदेखि स्वयम् घोषित एवम् पद र पगरी खोसित सांसदसम्म पर्छन् । जल भरनिे घैँटो राजनीति पल्टा खायो भने मल भरनिे बन्छ, जसरी अबिर दलिने नेता कालोमोसो दलिने बन्छन् ।

खसी-बोका

खसी, उर्फ कुखुरे बैंश नचढ्दै भेसेक्टोमीको मारमा परेको बाख्रीको अभागी चल्लो, यसपालीको दशैंमा अजिंगरी आँहरुमा हाँ हुने दिन कुर्दैछ। म्याँ गर्न नसिक्दै दशैंमा च्याँ पर्ने भाकलमा साँचोमा च्यापिएर प्याँ प्याँ गर्नु पर्दाको पीडा गरेको कसले बुझ्ने? जन्म-जन्म आजन्म कसैको अभागी पुर्पुरो छ भने खसी हुनेहरुको छ। तर खै! कुखुरीहरुको पीडा खुकुरीहरुलाई थाहा होस् न खसीहरुको पीडा मांसप्यासीहरुलाई।