Skip to content

हास्यव्यङ्ग्य

सुटुक्क विभागको गुप्त विज्ञप्ति

राष्ट्र परराष्ट्रमा खाली भएका, हाम्रा दाउपेचले खालि गरिने र निगाहले बढाइनेसमेत निम्नातिनीम्नदेखि लिएर उच्चातिउच्च ओहोदाका पद, प्रमोशन, सरूवा, बढुवा इत्यादिका निम्ति जो जे गर्नुपर्छ एकदम सुटुक्का– सुटुक्की गर्नुपर्ने हाम्रो समान उदारवादी सिद्धान्त छँदाछँदै हाम्रा केही उत्ताउला खालका साथीहरूले चतुर्याईं नपुर्याई खुलेआम गर्न लागेकाले यति छिटै नै हाम्रो धाक रवाफमा औँशीको ग्रहण लाग्ने डरदेखि तुरून्तातुरून्ती यो गुप्त विज्ञप्ति प्रकाशित गर्नुपरेको छ ।

जुँगे बाको लठ्यौरोलाई कन्या चाहियो

केही वर्षदेखि यता नेपालबाट विदेशतिर जाने लहर नै चलेको छ । सके अमेरिकै जाने र नसके खाडीका मुलुकमा समेत जानै पर्ने मान्यताको विकास भएको छ । गाउँका युवा जति सबै विदेशमा पुगेर गाउँहरु बुढाबुढीहरु मात्र भएका खबर सुन्न पाइन्छ । मेरै गाउँबाट पनि ३०० भन्दा बढी युवाहरु अहिले विदेशमा छन् । कार्की बुढाको निधनमा हामी बुढाहरु मात्र मलामी थियौं । यसैबाट प्रमाण पुग्छ नेपाल अब बुढाहरुको हो । सलक्क परेको निख्खर युवा मात्र नभई अहिले ता अलिक खुनी, लुला, अन्ध, अपाङ्गहरु पनि पो विदेशकै दाउमा छन् । के मिलाएर हो कुन्नि गइरहेका पनि छन् । अमेरिकामा चिठ्ठा पारेर बर्सेनी वैध रुपमा उतैतिर बसाइँ सर्नेहरुको संख्या कम छैन । युवाविहीन देशका रुपमा हामी परिचित भइरहेको कुरा कसैलाई सुनाउन मन छैन । कुनै पनि दक्षता भएको युवा अब नेपालमा रहेन चाहे त्यो लाटो गाँडो नै किन नहोस् विदेशतिर छिर्यो ।

साँचो कुरा

साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ती र दिने उपदेश साँचो बोल भन्ने नै हो । बाह्रखरी विशारददेखि लिएर विद्वत् शिरोमणिसम्मका गुरुहरूको पहिलो दीक्षा र सानो वर्णमालादेखि लिएर महापूराण मालासम्मका ग्रन्थको पहिलो शिक्षा पनि साँचो बोल नै भन्ने सुनिन्छ । भाषा मात्र फरक हो, भावना बुद्धका आर्य अष्टा¨ पढूँ वा क्राइष्टका टेन कम्यान्डमेन्ट सुनूँ ऐजन बमोजिम साँचो बोल्ने आदेश नदिएको कसैले छैन । यसरी सबतिरबाट एक स्वरले चिच्याएपछि कसै न कसैले त साँच्चै साँचो बोलिदिनुपर्ने हो, तर साँचै बोलूँ भने साँचो बोल भनी अर्तीमाथि अर्ती थप्नेहरूकै मात्र बोली केलाउँदा पनि ७५ प्रतिशत झुठ नमिसिएको होला जस्तो लाग्दैन ।

अन्तर्वार्ता

काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम रह्यो– “हुटिट्याउँ” । यसलाई विज्ञापन प्रधान गराउने कुरामा पनि सहमति भै हाल्यो । प्रधान सम्पादकमा मामा स्वय म घोषित हुनुभयो र उहाँले माइजूको प्रकाशकत्वमा ७ जनाको एउटा हुटिट्याउँ परिवारको गठन गर्नुभो, जसको सदस्यमा एकजना म पनि नपरिरहन सकिनँ ।

केही राष्ट्रिय रोग : एक अनुसन्धान

केही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेर झण्डा भिर्न कुद्नुभयो, कोहीचाहिँ डाक्टरी गर्नुमाभन्दा फ्याक्टरी खोल्नुमा फाइदा देख्न थाल्नुभयो । यस्तै कसैमा प्रशासनको आकर्षण थपियो, कसैमा प्रकाशनको धुन थपियो । डाक्टर लेख्ने लाइसेन्स पाएका तर डाक्टरी गर्ने सेन्सचाहिँ नपुगेका डाक्टरसाहेबहरू भूतपूर्व मन्त्रीहरू बढेझैँ जतिसुकै बढे पनि के लाग्यो र, बिरामीको सङ्ख्या बेकार स्नातकझैँ दिन दोब्बर रात चौबर बढेको छ, छ ।

नपत्याए नि:शुल्क अस्पतालहरूमा हेर्न जानोस् कक्षामा मानौँ एउटा भव्य प्रोसेसन ने चलेको हुन्छ । तै हाम्रा कतिपय डाक्टरसाहेबहरू स्टेथोस्कोप सुघाउनासाथ रोगको गन्ध पाइहाल्नुहुन्छ र मात्रै हो, नत्र गयाका पण्डाले श्राद्ध गराएझैँ आएजति बिरामीलाई लस्करै राखी आफ्नोआफ्नो रोग सम्झेर मम भन्नोस् भनी सामूहिक जाँच गर्नुपर्ला भनेजस्तो भइसकेको छ ।

विकृति प्रतियोगिताको आयोजक समिति

नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरू दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ एकै पटक खङ्‌र्‍याङखुङ्‌रुङ भइहाले । स्वास्नीलाई ‘नेपाल-सुन्दरी’ बनाउन पाए आफू पनि ‘नेपाल-सुन्दर’ भएर हङकङदेखि हलिउडसम्म घुमौँला भन्ने कति श्रीमान्‌हरूको योजना त्यसै गरी भत्कियो, जसरी त्यति काम गरिदिन पाए बङ्गला बनाउन पाइन्थ्यो भनी कसिएका कर्मचारीको सपना एक्कासि खोसुवा पुर्जी पाउँदा भत्किन्छ ।

भानुभक्तबारे केही लेख्न सकिनँ भन्दाभन्दै केही लेखिएछ

चूडानाथ भट्टराईले नाम दिएको सांख्यिकी अर्थात् कम्प्युटरले मेरा धेरै कुरा खाइदिएको छ । तीन ओटा जति किताबै खाइदियो यसले । लेखहरुको ता हिसाबै भएन । यसले उहिल्यैदेखि खान थालेको हो । अघाउने छाँट छैन । उसको खान्कीले यस बाजि पनि मेरो भुर्नहत्ते नै गरिदियो । मैले उसको थाप्लामा थन्क्याएका सामग्रीहरु भुुसुक्कै खाइछिरद्दडरद्दण्ज्ञद्धदयो यस बाजि पनि । मानौ मेरो कम्युटरलाई सधैं सधैं ब्रेनट्युमरले गाँजिरहेको छ अनि म भने उसको उपचार गरेर कसै गरी उसलाई जीवित गरिहेको छु । त्यसरी उपचार गरेपछि ऊ केही मैनाका लागि बिउँझन्छ, मानौं सद्दे हुन्छ,, उसको सद्दे अवस्थामा उसको दीर्घ रोगको छ भन्ने बारेमा म भुसुक्क हुन्छु ।

अमरावती कान्तिपुरी नगरी

“उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस-उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन” स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी-पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले । उर्वशी- पार्कको रमिता बयान गरिनसक्नु थियो । त्यसमाथि बिर्खे टोपी र छड्के पछ्यौराको कसिएका निकै पुड्का भानुभक्तलाई त्यहाँ देखेर झुम्मिन आउने रम्भा र तिलोत्तमा आदि चपला अबलाहरूका चनमते आँखा छनमते कम्मर कसले हेरिदियोस् । त्यसैले अपशोचको सुस्केरा हाल्नेबित्तिकै आदिकविले अर्को खुसीको सुसेली पनि छाडिहाले-

कतिका वनिता कतिको रमिता
अब लेख्तछु याहिँ बसी कविता

जय भोलि !

पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ ।

चुरोट : केही झिलिमिली संस्मरण

एकातिर बैँशदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?

भान्सा भो हजुर ?

“भान्सा भो हजुर ?”

आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरू पुलिसको आवाज सुनेका जुवाडेहरूझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । पिलिक्क आँखा उघार्दा मिलिक्क उही बूढो साहू महिना सुनाउन आएका बाजेझैँ बिपना सुनाउन भित्र पस्छ ।

नाम फर्ने धुनमा

“धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’भन्दा कति जाग्लिन् ? अनि म नजागूँ कसरी ! अचेल कसैको नामको पुच्छर काटेर ठुटे गराएका छन्, कसैले भने भएको पुच्छरले नपुगी अर्को पुच्छर गाँसेर द्‍विपुछ्रे हुनुपरेको छ । अँझ कोही नाममा भए-नभएको टुपीसमेत गाँसेर ठूलाबडाको झन्डा फहराउँछन् ।

नया भगवान

जसरी नेपाल मा नयाँ नयाँ भगावान् हरु भेट भाको बेला बेलामा खबर आइरहन्छ,त्यसैगरी नेपालमा हिजोआज चोरि डँकैती, कुट्पीट, लुट्पीट, मान्छेहरुको लापता – बेपत्ता भाको खबर पनि सधैं जसो आइनैरहन्छ। 
धेरै नाम चलेको एक जना माननीय बाजेको भन्नुभो “.. अहिलेको सन्द्र्भमा, अनी देशमा राम्रा दुर्दर्शी नेताहरुको पनि कमी भको सबै जनताहरुलाई महसुस भाईराखेको छ।”

BhariabAryal

नेता नम्बर एक सय एक

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नूनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।

म थिएँ त्यस बेला बेनामी अड्डाको बहिंदार । अड्डा बेनामी भन्दैमा आफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि ।

चरिचुच्चे ‘च’

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नूनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।

आमबाग

ग्याङका सदस्य-बसेसर, नवल, बसिर, बीरवल, जुमाद्दीन र जोगीलाई केही परै राखेर होचो-होचो र मोटो-मोटो डिलडालको जोगिन्दर छायादार नीमको रुखनिर आएर ठिङ्ग उभिन्छ ।

दौरा सुरुवाल नपठाइदिने भएँ !

स्वस्तिश्री सर्वोपमाजोग्येत्यादि सकलगुणगरिष्ट ब्रह्मकर्म वेदभार सामर्थ्य श्री ६ पूज्य दाजु प्रजातन्त्राचार्यज्यूका चरणकमलमा म भाइ बकमफुस शर्माको रोजरोजको साष्टाङ्ग दण्डवत् ।