प्रस्तावनाः नेपाली नागरिकहरू तथा नेपालमा बसेबास गरेका बिदेशी नागरिकले आफूले गरेका/नगरेका वा निजको संलग्नता/असंलग्नताबाट शिर्जित कारणले उत्पन्न भएको नकारात्मक परिणामको उत्तरदायित्व बहन गराउने कानून बनाउँन वान्छनीय भएकाले ।
गणतन्त्र नेपालको संविधान सभा–२०६४ घोषणा भएको ….वर्ष सम्ममा पनि संविधानसभाले नेपाल राष्ट्र र नेपाली जनताप्रतिको उत्तरदायित्व न बुझेको, बहन गर्न न खोजेको तथा नसकेकाले राष्ट्र, राष्ट्रियता र जनताप्रति उत्तरदायि सचेत समूहले यो ऐन बनाएकोछ ।
परिच्छेद–१
१. प्रारम्भिक
१.संक्षिप्त नाम, बिस्तार र प्रारम्भः यस ऐनको नाम “उत्तरदायित्व सम्बन्धी ऐन –२०७०” रहेकोछ ।
२.यो ऐन आजैका मितिदेखि फेसबुक मार्फत लागु हुनेछ ।
३.यो ऐन गणतन्त्र नेपालभर वा नेपाली नागरिक भएका, नेपालमा बसोबास गरी वा अन्य जुनसुकै कारणले नेपाली नागरिकसँग सम्पर्क भएका तथा हुने जो कसैमा लागु हुनेछ ।
२.परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ न लागेमा यस ऐनमा–
क) ‘उत्तरदायित्व’ भन्नाले व्यक्ति, व्यक्ति सरहको संगठित संघसंस्था, सरकारी वा गैरसरकारी तथा व्यक्तिगत कार्य संम्पादन गर्ने कार्यालयआदि गरेका कार्यहरूबाट उत्पन्न भएका परिस्थिति र सो परिस्थितिबाट उत्पन्न भएका नकारात्मक परिणामको उत्तरदायित्व बहन गर्ने वा गराउँनेसम्झनुपर्छ ।
ख) ‘व्यक्ति’ भन्नाले यस ऐनको परिधिभित्र समेटिने हरेक वर्ग, समुदाय, धर्म, जातजाति, भाषा–भाषि र लिङ्गका मानिसलाई सम्झनुपर्छ ।
ग) ‘संगठित संघसंस्था’ भन्नले नाफा रहित वा नाफा सहितको उद्येश्य बोकेका सरकारी, गैरसरकारी, व्यक्तिगत सबै किशिमका संस्थाहरू सम्झनुपर्छ ।
घ) ‘कार्यालय’ भन्नाले सरकारी, गैरसरकारी, व्यक्तिगतसमेत कार्य संचालन गर्नका लागि खडा गरिएका कार्यालयहरू सम्झनुपर्छ । यस शब्दले नेपाल सरकारका मातहतमा रहेका, आवश्यकता महसुस गरी नेपाल सरकारले बेलाबेलामा खडा गरेका वा सरकारको मातहतमा नरहेका भएता पनि नेपालमा रहेका राष्ट्रको कार्य संचालनका लागि खडा भएका मंन्त्री परिषद, राष्ट्रपति–उपराष्ट्रपतिको कार्यालय तथा बिदेशी कुटनीतिक नियोग समेतलाई बुझाउँछ ।
ग) ‘पेशाकर्मी’ भन्नाले शिक्षक, वकिल, पत्रकार, डाक्टर, इन्जिनियर, कर्मचारी, राजनीतिकर्मी, समाजसेवी, ब्यापारी, राज्यको प्रतिधित्व गर्ने बिभिन्न निकायमा रहेका र राज्यले तोकेको कार्यभार ग्रहण गरेका वा आफ्नो व्यक्तिगत योग्यताले जीवन यापन गर्नका लागि मान्छेद्वारा अपनाइने जुनसुकै किशिमका पेशा वा ब्यवसाय अपनाएका मानिस भन्ने बुझ्नुपर्छ ।
घ) ‘नेपाल’ भन्नाले परापूर्वकालदेखि नेपाल भनेर दर्शाउँने तथा बिचबिचमा थपिएका सम्पूर्ण भूखण्डलाई बुझउँनेछ र ‘राष्ट’« भन्नाले गणतन्त्र नेपाल भन्ने बुझ्नुपर्छ ।
च) ‘नेपाली नागरिक’ भन्नाले परापूर्वकाल देखि नै नेपाली भूमिमा बसोबास गरेका पूर्वजहरूबाट जन्मिएर यसै भूमिमा स्थाइ बसोबास गरिरहेका सन्तान दरसन्तानहरूलाई बुझाउँने छ । यस शब्दले नेपाल र नेपालीको माया मुटुमा सँगालेर बिदेशमा स्थायी वा अस्थायी बसोबास गरिहेका नेपाली नागरिकहरू पनि पर्छन भन्ने बुझ्नुपर्छ ।
ब्याख्याः थोत्रा सिसि–पुराना कागज किनबेचका लागि नेपालमा आएर बसेकै भरमा वा नेपाली नागरिकसँग छालाको रङ्ग र अनुहारको ढङ्ग मिलेकै भरमा तथा किर्ते जालसाँजी गरेर नागरिकता लिएकै भरमामात्र कसैलाई नेपाली भएको मानिने छैन । र गैह्र नेपालीले कहिल्यै पनि राष्ट्रलाई तत्कालीन वा दुरगामी प्रभाव पार्ने खालका राजनैतिक, आर्थिक तथा सामाजिक जस्ता कुनै अधिकार र हैसियत पाउँनु हुँदैन । झुक्यानबाट प्राप्त गरेको भए जहिले प्राप्त गरेको भए पनि सो प्राप्त अधिकार खोसि निजलाई डाँडो कटाइ दिनुपर्छ । साथै अधिकार दिने, दिन उक्साउँने र सहयोग गर्ने जो कसैलाई राष्ट्रद्रोही करार गरी यसै ऐन अनुसार सजायँ गर्नुपर्छ ।
६) ‘राज्य’ भन्नाले गणतन्त्र नेपालका सार्वभौम जनताले अनुमोदन गरेको जनताले नीर्माण गरेका संविधानले परिभाषित गरेका प्रशासनिक इकाइ भन्ने बुझ्नु पर्छ ।
७) …………………………………..
८) …………………………………..
९)…………………………………..
परिच्छेद–२
१) नेपालमा स्थायी बसोबास भएका सबै मानिसहरू नेपाली नागरिक भएता पनि सबै ‘नागरिकलाई नेपाली बनाउँनु राज्यको दायित्व र नागरिकले आफूलाई नेपाली भनाउँनु नागरिकको दायित्व हो’ भन्ने कुराबाट कसैले पनि पन्छन हुँदैन ।
२) नेपालमा स्थायी बसोबास भएका, बिदेशमा स्थायी वा अस्थायीरुपले रहेका नेपाली नागरिक वा अस्थाइरुपमा नेपालमा रहेका बिदेशी नागरिकहरू वा नेपाली नागरिकसँग स्थायी वा अस्थायी सम्बन्ध रहे–भएका वा भैसकेका समेत मानिसहरूले आफूले गरेका वा नगरेका कारणले उत्पन्न भएका वा कार्य हुँदा वा नहुँदा आफू उदासिन रहेका कारणबाट भएका घटना तथा दुर्घटना घटेमा सो घटना दुर्घटना घट्नुमा निजले कसुर गरेको ठहर्छ र निजको कसुरबाट हुन गएको वा हुनसक्ने व्यक्ति, समाज, तथा राष्ट्रको हानी–नोक्सानीको उत्तरदायित्व निजले लिनुपर्छ/बहन गर्नुपर्छ र दण्ड सजायँ हुने ठहरे सो को भागिदार हुनुपर्छ ।
३) दण्डसजायँ हुने ठहरिएका कार्यमा उत्पन्न परिणामको ज्ञान नहुने बालक, मगज ठिक नभएका बृद्ध वा बहुलाएका मानिसहरू बाहेक कसैलाई पनि सजायँको भागिदार बनाउँदा पद्, प्रतिष्ठा, जात, धर्म, राजनीतिक आस्था आदिका आधारमा दण्डसजायँ कम गर्ने वा दण्डसजायँबाट उन्मुक्ति दिन हुदैन । सबै कसुरदारलाई दण्ड सजायँ साथै कैदनै ठेकी दिनुपर्छ ।
४) व्यक्ति, घर परिवार, समाज, क्षेत्र, जात, धर्म, समुदायआदिको निजि मामला भनेर एकाले पुर्याएको हानी नोक्सानीलाई नरजअन्दाज गर्न पनि हुँदैन कानूनको परिधिमा ल्याएर दण्डसजायँनै गर्नुपर्छ ।
५) बिदेशी नागरिकले नेपाल भित्र वा नेपालबाहिर जहाँ सुकै भए पनि नेपाल र नेपालीको अपमान हुने गरी तथा हानी नोक्सानी तथा अनबश्यक भार हुने गरी वा हुनसक्नेगरी वा नेपाली–नेपालीमा बिद्वेस वा बैमनश्यता पैदा हुने गरी वा हुनसक्ने गरी गरेको कार्यमा कुटनीतिक मर्यादा भङ्ग हुने वा सम्बन्ध बिग्रने भन्ने किशिमका राष्ट्रिय आत्मसम्मानमा चोट लाग्ने किशिमका शब्दजालको प्रयाग गरी निज कसुरदारलाई उन्मुक्ति दिन हुँदैन । साथै उसका बोलीमा लोलो पोतो गरी समर्थन गर्ने साइदुवा नेपाली नागरिक पनि भए उसले पनि उन्मुक्ति पाउँदैन ।
६) यो वा त्यो, म वा ऊ भनी मान्छेलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्दहरूमा प्रयोग भै आएका ठूलो,सानो,उच, निच, जातको भनी दर्शाउँने शब्दहरू क्षेत्रगत रुपले बुझाउँने मधिसे,पहाडे,भोटे आदिजस्ता “नेपाली नजनाउँने कूलधर्म नचिनाउँने विभेदकारी शब्दहरू एक नेपालीले अर्को नेपालीलाई प्रयोग गर्नु हुँदैन गरे यस ऐनको बर्खिलाफ गरेको ठहर्छ ।”
७) प्रान्तीय राज्य सहितको गणतन्त्र नेपालका नेपाली नागरिकले आफूलाई चिनाउँदा पहिले आदरकासाथ नेपाल भन्ने शब्द उच्चारण गरी त्यसपछि आफ्नो बसोबास भएको प्रान्तको नाउँ भन्नु पर्नेछ ।
ब्याख्याः जस्तो– मिथिला प्रदेशको नागरिकले आफूलाई चिनाउँदा वा आफ्नो परिचय दिंदा नेपालमिथिला–भोगेन्द्रप्रसाद यादब भन्नुपर्छ ।
८) प्रान्तीय राज्य निर्माण गर्दा नेपालमा रहेका प्रकृतिक सम्पदाहरूको प्रयोग तथा उपभोगमा सबै नेपालीहरूको समान पहुँच हुने किशिमले गर्नु पर्नेछ ।
ब्याख्याः हिमाल तथा पहाडको नेपाली आफ्नै राष्ट्र तराइको उत्पादन धानचामल आदिको उपभोगबाट बन्चित हुनु नपर्ने, पहाडको नेपाली तराइको उत्पादन र हिमाली जडीबुटी उपभोग तथा पर्यटनबाट हुने आम्दानीबाट बन्चित हुनु नपर्ने र तराइको नेपाली पहाडी फलफूल, हिमाली जडिबुटी उपभोग तथा पर्यटनबाट हुने आम्दानीबाट बन्चित हुनु नपर्ने गरिको पहुँच भन्ने बुझाउँछ ।
९) प्रदेशहरूको नामाकरण गर्दा अघि नेपालशब्द जोडि आफ्नो प्रदेशको नाउँभन्दा उच्चारण गर्नसजिलो, भौगोलिक परिचययुक्त र सबै नेपाली नागरिकलाई प्रदेशको नाउँ उच्चारण गर्दा नेपाली भएको गर्वको अनुभूति हुने र बिदेशीले पनि प्रदेशको नाउँ सुन्नासाथ नेपाल भएको थाहा पाउँने गरी प्रदेशको नामाकरण गर्नुपर्छ । कुनै व्यक्ति,धर्म,सम्प्रदाय वा राजीतिक आस्थाका आधारमा कसैको लहड पुरा गर्नका लागिमात्र प्रदेशको नामाकरण गर्नु हुँदैन । तर समग्र नेपालीका लागि गर्वको अनुभूति दिलाउँने र संसारले नेपाल भएको भनी थाहा पाएका नाम छनोट गर्नभनें– क्षेत्र, धर्म, जात, सम्प्रदाय बाधक भएको मानिने छैन ।
ब्याख्याः जस्तै लुम्बिनी वा बुद्ध राज्य, जनकपुर वा मिथिला राज्य, सगरमाथा राज्य आदि ।
१०) हाल बिद्यमान रहेका नेपाली पोषाकहरू भौगोलिक, मनोबैज्ञानिक, प्रयोगमा सहज र सर्वमान्य नभएका हुँदा कपडाका मोटाइमात्र परिवर्तन गर्दा हिमाल, पहाड र तराइ जहाँसुकैका बासिन्दाले जहिलेसुकै लगाउँन मिल्ने, लगाउँदा नेपाली हुनुको गर्व लाग्ने, लगाउँन छरितो र सजिलो हुने, तथा व्यक्तिको व्यक्तित्व आकर्षक देखिने खालको नयाँ पोषाक डिजाइन गरी त्यही पोषाकलाई औपचारिक नेपाली राष्ट्रिय पोषाक बनाउँनु पर्छ । साथै नेपाली पोषाक लगाउँन कसैलाई बाध्य पारिरहनु पर्ने अवस्था शिर्जना हुन दिनु हुँदैन ।
११) हाल चलिरहेको राष्ट्रगानमा पुरानो राष्ट्रगानको जतिको पनि मानिसहरूमा आत्मीयता नदेखिएकाले अब उप्रान्त “प्रत्येक नेपालीले गुनगुनाउँदा पनि अरु गीत छोडेर राष्ट्रगानमा नै गुनगनाउँनु छु” भन्ने किशिमको व्यक्ति–व्यक्तिको आत्मियताले भरिपूर्ण भएको नयाँ राष्ट्रगान बनाई प्रचलनमा ल्याउँनु पर्छ ।
१२) हाल बिद्यमान रहेको नेपाली राष्ट्रिय झण्डाले पनि सबै नेपाली नागरिक तथा समग्र नेपालको भावनात्मक प्रतिनीधित्व नगरेको हुँदा सबै नेपालीको भावनात्मक प्रतिनीधित्व गर्ने, विश्वमा नेपाली झण्डा देखिनासाथ यो नेपालको राष्ट्रिय झण्डा हो भनेर कसैलाई पनि टुट्ट्याउँन समय नलाग्ने गरी झण्डाको सिरानमा कलात्मक ढङ्गले “नेपाल–मेरो गौरव”र सो वाक्यांशलाई अंग्रजीमा (ल्एब्ी(ःथ् एच्क्ष्म्भ्) भन्ने वाक्यांश तथा नेपालको भौगोलिक जानकारी दिने किशिमले हिमाल,पहाड र तराइ जनाउँने संकेतसमेत भएको नेपालको मानचित्र अंङ्कित राष्ट्रिय झण्डा बनाई प्रचलनमा ल्याउँनु पर्छ ।
१३)“नेपालमा प्रचलनमा रहेका सबै भाषा हरेक नेपालीका अमूल्य निधि हुन” तर चेतनाका अभावले जाति विशेषकोमात्र भाषा भएको भन्ने भ्रम अन्य भाषा भाषी नेपालीहरूमा रहेकोछ । आफ्नै अमूल्य निधिप्रति चेतनाका अभावले गर्दा हुदै गएको यस्तो क्षयिकरण रोकथाम गर्दै पुनः समुन्नत बनाउँनका लागि प्रत्येक नेपालीले मैले हामी नेपालीहरूका सबै भाषाहरू मध्ये यतिवटा भाषा जानेकोछु भनी गर्व गरेर संख्यामा भन्ने किशिमले सबै नेपालीलाई हाम्रा नेपाली भाषाहरूमध्ये धेरैभन्दा धेरै भाषाको जानकारी लिन प्रोत्साहित र अवसरको समेत शिर्जना गरिनेछ ।
ब्याख्याः हालको तराइमा बसोबास गर्ने नेपालीहरूमा दुइचार हजार पहाडीया भारतीय सेनामा जागिरे हुदैमा र रोजगारीका सिलसिलामा भारत जादैमा सबैले हिन्दी भाषा बोल्न, र बुझ्न सक्छन् भनेर आम सर्बसाधारणमा केही अदुरदर्शि,स्वार्थी तत्वहरूले भ्रमको शिर्जना गरेर तराइको नेपालीले पहाडको नेपालीलाई हिन्दीमा कुरा गर्ने र पहाडको नेपालीले पनि तराइको नेपाली देखिनासाथ हिन्दी भाषामा कुरा गर्नेसम्मको दुःखदायि वातावारण शिर्जना गरी मैथिल आदि नेपाली भाषा लोप गराउँने वा बिस्तापित गराउँने र हिन्दी भाषालाई स्थापित गराउँने किशिमको गलत कार्य गरिरहेकाछन् त्यस्तो भ्रमको जानकारी सबै नेपालीलाई गराउँदै मैथिल,अबधि,थारु, भोजपुरीआदि सबै भाषा जोगाउँदै तत्–तत् भाषानै प्रचलनमा ल्याउँने कार्य गरिनेछ भन्ने बुझ्नु पर्छ ।
१४) “आफूले मानिआएको धर्म संस्कृतिमात्र उच्च हो र अरुले मानेको तुच्छ हो भन्ने मान्छे, मान्छे हुँदैन ।” –धर्म मान्ने–नमान्ने व्यक्तिको व्यक्तिगत आस्थाको कुरा भएकोले कसैले अर्काको आस्थामा आँच आउँनेखालको ब्यवहार गर्न पनि हुँदैन । गरेमा दण्डनीय अपराध हुन्छ ।
१५) “सबै धर्मसंस्कृति हाम्रा हुन् तथा सबै चाडपर्व राम्रा छन्”– भन्ने भावनाको आम नेपाली नागरिकमा विकास गराइसकेसम्म सबै चाडपर्वहरूलाई सबै नेपालीहरू एकैठाउँमा भेला भै हार्षोल्लासका साथ मनाउँने र राष्ट्रलाई कार्यबोझ हुँदै गएका बिदा कटौति गर्न नागरिकहरूलाई स्वफूर्तरुपले संलग्न हुने वातावरणको शिर्जना गरिनेछ ।
ब्याख्याः नेपालमा मनाइने सबै चाडपर्व नेपाली भएकाले राष्ट्रियहीत र राष्ट्र निर्माणमा खर्च गर्नुपर्ने महत्वपूर्ण समय बिदा मनाउँदैमा खेर जाने भएकाले सकेसम्म धेरैभन्दा धेरै चाडपर्वहरूलाई एकै समयमा मनाइ बिदाका दिनहरूलाई नागरिक आफै अग्रसर भै कटौति गर्दै जाने वातावरण बनाउँनेभन्ने अर्थमा बुझ्नुपर्छ ।अर्थात मुसलमानले मनाउँने ‘इद’ र हिन्दूले मनाउँने चाड एकैदिन एकैसाथ मनाउँदै परस्परमा अंङ्कमालगर्दै गला मिलाई शुभकामनाको आदान प्रदान गर्नसक्ने वातावरण बनाउँने परिस्थितिको शिर्जना गर्नु भन्ने अर्थमा बुझ्नुपर्छ ।
१६) नेपाल र नेपालीका हित बिरुद्ध हुने वा अपमान हुने वा बिदेशीका अघि नेपालीको शिर निहुरिने गतल शब्द जो कसैका मुखबाट ठट्टा मस्करी गर्दा पनि निस्कनु/बोल्नु हुँदैन बोलेको भए जघन्य अपराध गरेको ठहर्छ ।
परिच्छेद–३
दण्डसजायँ
१७) यस ऐनमा उल्लेख भएका काम, कर्तव्य नगरेका कारणबाट हुने दण्डसजायँ देहाय बमोजिम हुनेछ ।
१) बर्तमानमा घटिरहेका तथा भबिष्यमा घट्न सक्ने घटना र सोका परिणामले व्यक्ति वा समुदाय, समाज, राष्ट्रलाई पुग्न सक्ने आर्थिक, समाजिक, राष्«ीय हानी नोक्सानी वा क्षतिको आर्थीक,सामाजिक तथा नैतिक भारको ज्ञान हुँदाहुँदै पनि घटना घट्न दिने वा मद्दद गर्ने अपराधी हुन् । एकाले उत्तरदायित्व बहन नगर्दा वा नगरेका कारणले वा उत्तरदायित्व बहन गर्न निचमारेका कारणले घटित घटनाको जिम्मेवारी निजले लिनुपर्छ वा निजलाई जिम्मेवार बनाई बिगो कायम गरी सो बिगोको पचास दोब्बरले हुने क्षतिपूर्ति निजबाटै भराइ व्यक्ति वा समुदायलाई हानी नोक्सानी भएकोमा हानी नोक्सानी भएको व्यक्ति वा समुदायलाई दिनुपर्छ र समाज वा राष्ट्रको हानी नोक्सानी भएको भए राष्टको ढुकुटीमा आम्दानी बाध्नुपर्छ । कैदका हकमा निजका श्रीसम्पतीबाट असुल गरी सोबाट असुलउपर नसेकामा निजलाई कसुर हेरी क्षतिपूर्ती दिनुपर्नेमा क्षतिपूर्ति र सो को पचास दोब्बर जरिवाना ठेकी खान र लाउँनमात्र दिएर कडाभन्दा कडा शारीरिक श्रममात्र गर्न सक्नेलाई शारीरिक श्रममात्र र मानसिक श्रम पनि गर्नसक्नेलाई भनें मानसिक श्रमका साथसाथै जम्मा सजायँको चारखण्डको एक खण्ड शारीरिक श्रमसमेत गराइ सो श्रम राष्ट्र निर्माण हुने कार्यमा लगाउँनु पर्छ । साथै कैद बापत पनि शारीरिक श्रमनै गराउँनु पर्छ गरिब जनताका रगत पसिनाबाट उठेका करबाट कसैलाई पनि सुखसँग बस्न दिएर ज्वाइ पालेजस्तो पाल्न हुदैन । यस्ता अपराधीलाई जोगाउँन वा बचाउँने मनसाय कसैले पनि राख्न हुँदैन राखे राख्ने पनि कसुरदारको मतियार ठहर्छ । यस्ता मतियारलाई पनि कसुरदारै सरह दण्ड जरिवाना गर्नुपर्छ ।
२) जरिवाना वा कैदको पनि भुक्तानि कैदबाटै गर्नुपर्दा एउटा समान्य ज्यालामजुरी गरी खाने मानिसलाई एक दिनमा प्रचलित मूल्यले एकछाक खाना खान जति रकम खर्च हुन्छ त्यति रकमका दरले हुने रकममात्र कसुरदारका दैनिक हिसाबबाट कट्टा गर्दै जम्मा बिगोमा घटाउँदै जानुपर्छ सोभन्दा बढी कट्टा गर्न हुँदैन, गरे मतियारी ठहर्छ । मतियारलाई पनि कसुरदार सरहनै दण्ड,जरिवाना तथा सजायँ गर्नुपर्छ ।
३) कैद गर्नुपर्दा ३२५ दिनभन्दा घटी गर्न हुँदैन । तर निम्नस्तरको ज्यालामजुरी गरिखाने मानिस अनजानमा वा भूलचुकमा कुनै घटना वा दुर्घटनामा सामेल भएको प्रमाणित भएमा निजलाई सम्झाइ बुझाइ अब उप्रान्त यस्ताकार्यमा संलग्न हुनेछैन भनी कागज गराइ छाडिदिनुपर्छ । तर ज्ञान जान्नेलाई भने छोडन हुँदैन ।
४) दण्डसजायँ गर्दा अर्को पटक फेरि दोहोर्याएर दण्डसजायँ गर्नु नपर्ने गरी गर्नुपर्छ ।
५) कसैले ललाइफकाइ वा आफ्ना प्रभावमा पारि कुनै कार्य गराएमा वा गराउँन नदिएमा गर्नेलाई हुने दण्ड सजाँयमा पाँचगुण खापि गराउँने वा गराउँन नदिनेलाई दण्डसजायँ गर्नुपर्छ ।
६) दण्डसजायँ गर्दा कसुरदारको ओहदा, सामाजिक प्रतिष्ठा हेरी सोही अनुसार दण्डसजायँ बढाएर गर्नुपर्छ । घटाउँन हुँदैन ।
ब्याख्याः ज्याला मजुरी गर्नेलाई हुने दण्डसजायँको दोब्बर त्योभन्दा माथिको आय र सामाजिक प्रतिष्ठा भएकोलाई, सो को दोब्बर उभन्दामाथिकोलाई गर्दै एवं रितले दण्डसजायँ एवं जरिवाना थप्तै लानुपर्छ । अर्थात सानालाई सानै सजायँ र ठूलालाई ठूलै सजयँको रित बसाली जसको सामाजिक मानमर्यादा तथा पद प्रतिष्ठा ठूलो छ त्यस्ता कसुरदारलाई सबैभन्दा बढी सजायँ गर्नु पर्छ ।
७) कसुर ठहरिने अवस्थामा अभियुक्तले कुनै राष्ट्रगौरवको, वा समाजिक पद ओहदा धारण गरेको वा गरिसकेको, कुनै राजनीति, जातजाति, धर्म, वा सम्प्रदाय विशेषमा आस्था राखेको भनी वा अन्य जुनसुकै किशिमले पनि मुद्दा, कार्वाही चलाउँन बाधा पर्ने छैन र कसुर ठहरिएमा उन्मुक्ति दिनपाइने छैन । दण्डसजायँ नै गर्नुपर्छ । उन्मुक्ति दिएमा उन्मुक्तिदिने पनि मतियार ठहर्छ र मतियारलाई हुने दण्डसजायँ हुन्छ ।
ब्याख्याः यसमा कसुर देखिन आएमा जहिलेसुकै जो कोही कसुरदारलाई मुद्दा, कारवाही चलाई दण्डसजायँ गर्न हुन्छ । बितिसकेको भैसकेको वा अन्य कुनै कारणदेखाइ दण्ड सजायँबाट उन्मुक्ति दिन हुँदैन । जुनसुकै कारण भएपनि कार्वाही चलाई दण्ड सजायँ गर्न बाधा पुगेको मानिने छैन ।
८) राष्ट्रको नीतिनीर्माण गर्ने तहमा रहेर राष्ट्रको अहित गर्ने उच्च ओहदाका कर्मचारी, अन्यायको दोहोलो काढ्छौं भनेर जता मल्खु उतै ढल्कु गर्ने न्यायकर्मी, न्याय अन्यायलाईभन्दा पनि पैसालाई महत्व दिएर न्यायलाई गुमराहमा राखि दुनियाँमा न्यायलयको मान मर्दन र अविश्वास पैदा गर्ने गराउँने वकिल तथा सरकारी वकिल, नयाँ राजनीति संस्कारको विकास र समग्र राष्ट्रको विकास गरी देशको कायापलट गर्छु भनी झुटको खेतीगर्दै जनताका अघि कसम खाएर बिभिन्न ओहदामा पुगेपछि जनमतको अपमान गर्दै जनताले अह्राएको कार्य नगरी आफ्नो र आफ्ना आसेपासेकोमात्र स्वार्थ पूर्ति गर्ने राष्ट्रलाई अधोगतिमा धकेल्ने राजनीतिक पेशाकर्मी,राष्ट्र र जनताको सुरक्षा गरी राष्ट्रमा अमन चयन कायम गर्ने कसम खाएर फाइदा–बेफाइदाको हिसाब गर्दै अर्कातिर मुण्टो बटार्ने शुरक्षाकर्मी,जनताका सेवक हौं भनेर फूईं लगाउँने तर घुस नपाएसम्म सिन्को नभाच्ने भ्रष्ट कर्मचारी,पेशागत धर्म छोडेर आफ्ना स्वार्थ पूर्तिका लागि मान्छेको जिन्दगीसँग खेलबाड गर्ने स्वास्थ्यकर्मी तथा एक क्वाटर भोड्का समचार बङ्याउँने र गलत समाचार सम्प्रेशण गर्ने पत्रकार तथा सोसँग आबद्ध रहने ब्यवसायी, आफूमात्र राष्ट्रको बुद्धिजीवि हुँ भनेर फूईं गर्ने तर नेपाली जनतालाई फुट्टेकौडि काम नलाग्ने कुरा लेखेर दुनियाँलाई गुमराहमा राखि साहित्यकार भएको डिङ हाक्ने र आफ्नो फाइदाका लागि दुनियाँलाई किताब भीडाएर आर्थिक बोझको भारिमात्र बोकाउँने टपरटुईया लेखक, आफूले शिक्षाको ज्योति पाएर पनि आफ्ना स्वार्थका लागि दुनियाँलाई अध्यारामा राखि आफ्ना स्वार्थमामात्र लिप्त रहने तथा शिक्षा क्षेत्र र विद्यार्थीहरूको जीवनलाई तहस नहस बनाउँने शिक्षक तथा सो क्षेत्रमा लागेका कारोबारी, तथा यिनीहरूका कार्यमा साथ दिएर आफ्नोमात्र दुनो सोझ्याउँने ठेकेदार,ब्यापारी,कारोबारी तथा अन्य अनियमित आर्थीक,सामाजिक फाइदा लिने मतियार तथा एउटा किशिमको काम कारोबार गर्छु भनी दुनियाँका नजरमा छारो हालि अनैतिक तबरले अर्कै काम गर्ने कारोबारी राष्ट्रका सबैभन्दा ठूला सत्रुहुन् । यिनैका भ्रष्ट आचरणले राष्ट्र अधोगतिमा जान्छ त्यसैले यिनीहरूलाई सबैभन्दाधेरै दण्डसजायँ जरिवाना गर्नुपर्छ । साथै यस ऐन अनुसार सामाज तथा राष्ट्रमा भएका कसुरदार सदाचारी वा दुराचारी जो भए पनि कसैलाई पनि कार्वाही नचलाई तथा दण्डसजायँ नगरी छोड्न हुँदैन ।
९) राष्ट्र, राष्ट्रियता र राष्ट्रको राष्ट्रिय अखण्डतामा आँच आउँन गरी अभिव्यक्ति दिने, कार्य गर्ने, सो कार्य गर्नका लागि सहयोग गर्ने, उक्साउँने, नेपाली नेपाली बिरुद्ध व्यक्ति–व्यक्ति, सामाजिक, धार्मीक, जातिय, बर्गिय, लिङ्गीय विभेद गरी वा गराइ एकपसमा बैमनश्यता शिर्जना गर्ने र समग्र राष्ट्रको प्रगतिमा बाधा पुर्याउँने सबै राष्ट्रद्रोही हुन् । यस्ता राष्ट्र द्रोही सबैलाई आजन्म कैद गरी आजन्म कडाभन्दा कडा श्रम गराइ राख्नुपर्छ ।
१०) मानव समाज र उन्नत भएको र नेपालीको शरिर मरेपछि नेपाली माटोमा नै बिलिन भएर नेपाली माटाको उर्वराशक्तिलाई कायम राखिरहोस भन्ने कुरालाई मध्ये नजर गर्दै जस्तो सुकै जघन्य अपराध गरेको भएता पनि अपराधीलाई देश निकाला गर्ने र मृतुदण्डसम्मको सजायँ भनें दिइने छैन तर बिदेशमा भागि गएको अवस्थामा भनें जुनसुकै मुलुकमा गइ बसेको भएपनि सो मुलुकबाट जुनसुकै तरिकाले नेपालमा नै ल्यायि जिउँदो भए बाँचुनजेल दण्डसजायँको भागिदार बनाई र मरिसकेको भए मृत शरीर ल्याएरै भए पनि मृत्यूपश्चात निजको शरिरलाई नेपालकै माटोमा मिलाइनेछ । मृत्यु दण्ड दिनुपर्नेसम्मको दुष्कार्य गर्नेलाई आ–जीवन राष्ट्रहित हुने श्रम गराउँनु पर्छ ।
११) राजीखुशिले बिदेशी भूमिमा बसोबास गरेका नागरिकका हकमा भनें बाँचुन्जेल देशकालागि माखोसम्म नमारेको भएता पनि मृत शरीर चैं नेपालकै माटोमा मिलोस भन्ने भावनाको जागृत गराउँदै देश छोडेर अपराध गरेंछु भन्ने पश्चतापको भावनामा जल्ने सजायँ दिइनेछ ।
१२) कसुरदारले कसुर गरेको हो भन्ने उजुरी पर्नासाथ निज जुनसुकै ओहदाको भए पनि निजलाई निलम्बन गरी निजको सबै पदीय हैसियत तत्काललाई खारेज गरी थुनामा राखि पुर्पक्ष गर्नु पर्छ । साथै उजुरीकर्तालाई पनि झुटो उजुरी दिएको हो होइन भनी स्पष्ट नभएसम्म निगरानीमा राख्नुपर्छ ।
१३) यस ऐनमा कुनै नेपाली वा नेपालीसँग सरोकार राख्ने मानिसको पद वा पेशा उल्लेख हुन छुटेको, कुनै पदीय हैसियत नभएको घरगृहस्थी गरिखाने वा यस ऐन पछि कुनै पद वा पेशा कायम भै यस ऐनमा उल्लेख नभएकामा पनि यस ऐन अनुसार कार्बाही चलाउँन बाधा पर्ने छैन ।
१४) यस ऐन अनुसार दण्डसजायँ हुनेमा जतिसुकै अघिको घटना भएता पनि थाहा पाउँना साथ जहिलेसुकै उजुरी दिन, उजुरी लिन र कार्बाही चलाई दण्डसजायँ गर्न हुन्छ । कहिल्यै पनि हदम्याद जाँदैन ।
पच्छिेद–४
संसोधन र खारेजी
१७) नेपाली जनताले दिएको समयभित्र जनप्रतिनीधिहरूले संविधान नीर्माण गर्न नसकेका,संविधान नीर्माण गर्न ६०१ सभासदहरूने सक्रिय हुनुपर्नेमा सो नभै धेरैजसो सभासदहरू अपराध कर्ममा चै सक्रिय भएर लागेका र दुइ–चारजना पढ्न चै ६–७ कक्षासम्म पढेका तर पास नभएका र आफूलाई टाठा बाठा र जनप्रतिनीधि हौं भनेर काइते कुरा गर्ने जनमत नभएका वा नपाएका, ऐन,कानून,नियम तथा संविधान जनभावनाको फुट्टीकौडी ज्ञान नभएका भूईंफुट्टा किर्ते मानिसहरूको लहडका भरमा संविधानको मस्यौदा भएको प्रष्ट भैसकेकाले र संविधानको मस्यौदा सम्पूर्ण नेपाली जनताको घर दैलोसम्म पुर्याइ प्रत्येक नेपालीबाट अनुमोदन गराउँनु पर्नेमा सो नगरी हातार–हतारमा संविधान जारी गरी जबरजस्ती नाटकीय संविधान लागु हुने हुँदा यो संम्विधानले नेपाली जनाताको प्रतिनीधित्व गर्दैन अतएव नेपाली जनताका भावनाले ओतप्रोत यस ऐनसँग बाझिएका संविधानका सबै खण्ड,उप–खण्ड, धारा,उप–धारा यसै ऐन अनुसार बदर हुनेछन् । र सचेत जनसमुदायको चाहना अनुसार यस ऐनमा नपुग भएका दण्डसजायँमा थप वा अँझ कडा र बृस्तितिकरण हुने गरी संसोधन हुनसक्नेछ । तर दण्ड सजायँ घटाउँन र हटाउँन हुँदैन ।
१८) यस ऐन अनुसार कार्वाही हुने कसुर गर्ने कसुरदारलाई यसै ऐन अनुसार जहिलेसुकै कार्बाही गरी दण्ड सजायँ गर्न हुन्छ ऐन निर्माण हुनु अगावै भएको कसुर भए पनिपश्चातदर्षि कानूनको शिद्धान्त बिपरित भन्ने काइते अर्थ लगाइ कसुरदारले उन्मुक्ति पाउँदैन । र अरु फिताला ऐन कानून अनुसार सजायँ गर्न पनि हुँदैन ।
१९) यस अघि भए गरेका सबै काम कार्बाही सन्धिसम्झौता यो ऐन लागु भएका मिति देखि खारेज हुनेछन् । राष्ट्र, राष्ट्रियता र नेपाली जनताका हित बिपरित कार्य गर्ने, गर्न उक्साउँने र जनताले गरेका बिरोधलाई गलत अर्थ लगाउँने सबैलाई यसै ऐनले तोके अनुसार दण्ड सजायँ हुन्छ ।
२०) यस ऐन अनुसारका मुद्दामात्र हेर्ने गरी एउटा सर्बोच्च अदालतको गठन हुनेछ । जसमा जनताले अनुमोदन गरेका निश्कलंङ्क र न्यायमात्र निजको जीवनको लक्ष्य भएका न्यायकर्मीहरू मध्येबाटमात्र आवश्यक संख्यामा न्यायधिस चयन गरिनेछ ।
समाप्त ।।
