हास्यव्यङ्ग्य
मच्छड संस्कृति : झुलभित्र र बाहिर
मच्छड शब्दको अक्षरीकरण गर्दा यसमा दुई अक्षर रहेको पाइन्छ भने वर्णगत हिसाबमा म्+अ+च्+छ्+अ+ड् = मच्छड भएको देखिन्छ । यसमा दुईवटा स्वर र चारवटा व्यञ्जन गरी जम्मा छवटा वर्ण छन् । मच्छड अध्ययन तथा अनुसन्धान केन्द्रबाट गरिएको मच्छड शब्दको वर्णगत अर्थ यसप्रकार छ –
म् = मेचीदेखि महाकालीसम्मका मतदातालाई मोहित बनाएर मत लिई माथि पुगेका मतलबी माननीय र मन्त्रीहरूबाट मन्त्रित मनोमानी मान्छे मास्ने मानवाधिकारवादी महिला मच्छड अथवा मस्कोइटोहरू,
अ= अँध्यारामा अतिक्रनण गरेर अकालमृत्यु गराउन सक्ने अख्तियार पाएको भए पनि;
च् = (त्यस) चन्डाल चुसाहाको ज्यान चोर औँलाको चान्चुने चड्कनमै च्वाट्ट चुडिन सक्छ;
छ = छाडा छाउरीले छक्याएर छेपारीमा छुरा धस्छ र छिद्र छिद्र पार्छ;
अ = ऐजन ऐजन;
ड् = डिस्को डान्स गर्दै देश डस्नेहरूको डाहभन्दा डङ्गुरबाट डराउँदै आएर पातलो डसनामा डल्लो परेर सुतेकालाई डसेर डेंगु सार्नेको डाह डबल कम हुन्छ ।
पोइल जाने प्रेमिकालाइ पत्र
पोइल जाने प्रेमिकालाई पत्र
—रत्नबहादुर कुरुपी
प्रिय पूर्वप्रेमिका !
धेरै दिनपछिको सम्झना !
आज एक्कासी तिम्रो सम्झनाले सताएकाले अलपत्रकै अलस्थामा यो पत्र लेख्दैछु । यो पत्र मेरो पहिलो नभएकेले यसलाई आश्चर्यको थैलो मान्नु पर्ने कारण छैन । आशा छ, तिमीले यो पत्र पूरा पढी मनन नगरे पनि पत्र खोली एक छिन भुली यसलाई फालिदने वा बलिदिने जिम्मा तिम्रै हातमा छाड्दै केही कुरा अपूरा नै भए पनि राखेको छु किनकि तिम्रो मायाको मिठो (नीमको पात समान) स्वाद राम्रैसँग चाखेको छु । अनि यो मेरो हाँसोको वर्षा सहर्ष स्वीकार्ने नै छौ ।
नमस्कारका केही उत्तरआधुनिक अर्थहरू
नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । नमस्कारका पर्यायका रूपमा नमस्ते, दर्शन, जयनेपाल, अभिवादन, लाल सलाम आदि शब्दहरू प्रयोग एवं प्रचलनमा रहेका छन् । उपर्युक्त शब्दहरूका आआफ्नै विशेषता छन् । प्रस्तुत लेखमा नमस्कार शब्दको मात्र शैक्षिक र राजनीतिक अर्थहरू केलाउने जमर्को गरिएको छ । यसमा पनि दृष्टार्थभन्दा अदृष्टार्थलाई र अभिधार्थभन्दा व्यङ्ग्यार्थलाई कोट्याउन खोजिएको छ । यो लेखकको नितान्त आत्मपरक हेराइ हो । नमस्कारका उत्तरआधुनिक अर्थहरूलाई यसप्रकार हेर्न सकिन्छ —
१.शैक्षिक अर्थ— नमस्कार ! ! ! शब्द मात्र होइन वाक्य पनि हो । उद्देश्य र विधेय नभएको अथवा कर्ता, कर्म, क्रिया नभएको पदलाई कसरी वाक्य भनिन्छ ? भन्नुहोला, तर मजाले बनिन्छ; किनभने उद्देश्य र विधेय यसका गर्भमै छन् । कसैले नमस्कार भन्ने बित्तिकै नमस्कार थाप्ने व्यक्तिले स्वतः कुरा बुझ्छ । किन कर्ता, कर्म, क्रिया नलगाई नमस्कार गरिस् ? भनेर रिसाउँदनैन ।
गाईजात्रा
तक्मे बुढा (विल्सन बिक्रम राई) र माग्ने बुढा (केदार घिमिरे) टन्टलापुर घाम नभनी समाजमा बर्गीय विभेद बारे छलफल गर्दै बनको बाटो एक कार्यक्रममा जादै थिए,
माग्ने बुढा”बकम फुसे!हाम्रो देशाँ जातभात, उचिनिच, गरिब धनी, नातावाद, कृपावाद, ……. नभैदिएको भए, समानताको सुस्केरा हाल्दै आज हामी नेपाली सगरमाथाको चुलीबाट विश्वको दृश्यावलोकन गर्थिउ होला है?”
ॐ विपरीताय नमः
देवी माता, हजुरको सेवकको यत्ति विन्ती सुनिदिनुपर्यो, बुझिदिनुपर्यो । मेरो आफ्नो नाम राख्ने रामकहानी सुनिदिनुपर्यो । सर्वदा कृपा गरी इहलोक र परलोक सपारिदिनु पर्यो । मप्रति गिद्धेदृष्टि लगाउनेका आँखा निकाली दिनुपर्यो । म मुखमा रामनाम जपेर बगलीमा छुरा राखी नेपाली जगत्को भलो गर्ने सेवकरामको रामकहानी बुझेर कृपा गर्दिनुपर्यो ।
समय अघि जाँदै छ । म पनि अघि नै गएँ भने मेरो मौलिकता कहाँ बच्छ र ? समय पूर्व लागेमा मैले पश्चिम लाग्नुपर्छ ।
