Skip to content

मुक्तक

आन्दोलित मन

किसान मल नपाएर आन्दोलित छ ।
फोहोर ढल नपाएर आन्दोलित छ ।।
विद्रोहको स्वरहरु सुनिदैछ क्षितिजतिर
जनता हल नपाएर आन्दोलित छ ।।

देश निकास नपाएर आन्दोलित छ ।
जनता बिकास नपाएर आन्दोलित छ ।।
कर्णालीको भुखमरीले केन्द्रलाई छुदैन
शहर प्रकाश नपाएर आन्दोलित छ ।।

अन्तिम ईच्छा

पौरखी मेरा हातहरूले साबेल हान्दै रहर जोड्छु
साहुको ऋण तिरेकै दिन जे सुकै होस् कतार छोड्छु
पल भर बस्न चाहन्न म परायको माटोमा यहाँ
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥

स्वदेशमा भिजाउँछु माटो बरु आफ्नै रगत पोखेर म
किन गर्थें अर्काको गुलाम् देशको मायाँ बोकेर म
साहुकै ऋण तिर्नलाई मैले यहाँ दुःख गर्छु
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥

यस्तै छ खुल्दुली

बैशाखपछि आउँदो जेठमा के हुन्छ यस्तै छ खुल्दुली
हावा मात्र भरिएको यो पेटमा के हुन्छ यस्तै छ खुल्दुली
मर्नेहरू सहिद भए शालिक र तस्बीरको लामो सूची छ
बाँच्नेहरूका लागि आउँदो बजेटमा के हुन्छ यस्तै छ खुल्दुली ॥

प्रबास

छ केवल आफ्नो भन्नु एक मुठी सास मात्र
आफनै भनेर घाटी रेट्ने बिरानो प्रबास मात्र
नहारे आउला जिन्दगीमा फर्केर तिम्रै दुनियामा
छ फगत् तिम्रै बनेर जितने मिठो आश मात्र

जिन्दगी

संघर्ष छ बाँच्नुमा र पो आनन्द छ जीवन
भविष्य छ साँच्नुमा र पो आनन्द छ जीवन
भविष्य अन्धकार छ सुख दुख थाहा छैन
वर्तमान छ हास्नुमा र पो आनन्द छ जीवन

गन्तव्य

  • by

न छर्लङ्ग सूर्य देखियो अँधेरी उस्तै छ
अस्त-व्यस्त आँगन र मझेरी उस्तै छ
अन्तिम सास फेर्ने बेला उनले भन्थे
म गएपछि अर्कै बिहान आउँछ तर खडेरी उस्तै छ ।

दुइ मुक्तक

सबै मिली पाइला चाल्नुपर्छ देशका लागि
एउटा नौलो यात्रा थाल्नुपर्छ देशका लागि
यही माटोमा सधै रमाउनु पर्छ हामी
उज्यालो दिने ज्योती बाल्नु पर्छ देशका लागि

आज-भोलि

आज भोलि म कसै सँग बोल्न डर लाग्छ!
मेरो मनको ढोकाहरु खोल्न डर लाग्छ!!
आफैले आज आफुलाई, मात्र विस्वास गर्छु!
हिउदे भेलको गहिराई पनि तोल्न डर लाग्छ!!
“मृदु”

मुक्तक


आकंक्षाको आँचल ओढी तिमीलाई पर्खीबसें
डोबाटोको मोडहरु छोडी एक्लै यहाँ तर्कीबसें
धोकेबाज रैछौ तिमी मुख मोडी टाढा गयौ,
तिमी आउने बाटोभरि सञ्जीवनी छर्कीबसें।

ब्यबहार तिम्रो कुटिल देखियो

  • by

ठूलो पेट, गोरो छाला र चम्किलो अनुहार हेरेर के गर्नु ब्यबहार तिम्रो कुटिल देखियो
कहाँ पुर्याउँछु भन्थ्यौ बिचबाटोमै छु गन्तब्य पुग्न मुस्किल देखियो,

पाँच मुक्तक (अब त टाढा भएछु)

अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला,
मेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला,
मैले देख्ने सपना र रहरहरू असीमित नै भएछन क्यारे,
मेरो गन्तब्यको चुली सगरमाथा झैं कहिले हुन्छ होला।

एकचोटी आयो यस्तो मोड

एक चोटि आयो मेरो जीवनमा यस्तो मोड!
आफूले चाहँदा-चाहँदै पनि ऊसँग भयो बिछोड!!
मैले उसलाई जीवन बलिदान दिन नखोजेको त हैन!
तर एक्कासि आयो आँधीबेहरीको ठुलो स्वर!!

मिना बान्तवा,
हाल इजरायल

जब हितैषी साथमा हुन्छ

  • by

सुगन्ध कहीं फूलमा र कहीं पातमा हुन्छ
दिनको छटपटी बिर्से मधुमास रातमा हुन्छ
भोको, काकाकूल, प्यासी र बेहोसी मान्छे पनि
रमाउँछ गजबले, जब हितैषी साथमा हुन्छ ।

छवि ज्ञवाली
भैरहवा, रुपन्देही

मेरो दोष

मेरो दोष थियो तिमीलाई आफ्नो सोची बोल्न
हृदय भरिका सारा कुरा तिमि सामु खोल्न |
तिमीलाई पहिलो भेट मै विस्वास अनि माया दिई
हरेक मेरो आफ्नै शब्दहरुले मलाई लागेको छ पोल्न |

मुक्तक

देशभित्र बसेकै भरमा देशभक्त भैटोपल्नेहरु धेरै छन्
देशबाहिर बसेर देशप्रेमका असारे गीत गाउनेहरु धेरै छन्
आफ्ना ठाउँमा सबै इमानदार भैदिएको भए किन यस्तो हुन्थ्यो र?

मुक्तक

उदास मेरा यात्रामा साथ दिन्छु भन्छौ तिमी
सँगै जिउने सँगै मर्ने कसम खान्छउ तिमी
मत सधैं बिचलित छु यहाँ मेरो बिगत सँग
मेरो पिर सबै भुलाई धेरै पर किन लान्छौ तिमी।

चैत लै पनि पुस भन्छु म

बिल नतिरेको पैसालाई
गुस भन्छु म
मौका परे चैत लै पनि
पुस भन्छु म
——————
बासी बासी असनमा
कुखुराको मासु बासी
बाउको नाममा १०० बिगा
छोरो सुकुम्बासी