Skip to content


पौरखी मेरा हातहरूले साबेल हान्दै रहर जोड्छु
साहुको ऋण तिरेकै दिन जे सुकै होस् कतार छोड्छु
पल भर बस्न चाहन्न म परायको माटोमा यहाँ
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥

स्वदेशमा भिजाउँछु माटो बरु आफ्नै रगत पोखेर म
किन गर्थें अर्काको गुलाम् देशको मायाँ बोकेर म
साहुकै ऋण तिर्नलाई मैले यहाँ दुःख गर्छु
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥

हरियो वन झरनाहरू भएको सुन्दर देश थियो
बिदेशमा पैसा फल्छ भनी मेनपावरले बेच्दियो
घरबारी सबै बन्धकी भयो त्यही सम्झेर दुःख गर्छु
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥

बियागमा आँसु सडकमा धुलो यात्रामा यही साथी भयो
सूर्यले किरण छरेको बेला भाग्यमा मेरो साती भयो
फाको यो छातीलाई सिलाउने प्रयास गर्छु
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥

फर्किन्छु स्वदेश नेपाली भूमि खोस्रिन्छु यिनै हातहरूले
गिठा भ्याकुर खान्छु बरु लाज छोप्छु पातहरूले
चाहिंदैन मलाई ऐस आराम सकुन्जेल दुःख गर्छु
जन्मे सुन्दर नेपालमा मर्न पनि त्यहीं मर्छु ॥

जगत राम बर्देवा घायल
गोरखा, १३ कि मि
हाल: दोहा कतार

2 thoughts on “अन्तिम ईच्छा”

  1. Bardiwa ko Muktak bastamai
    Bardiwa ko Muktak bastamai gahiro lago, tara timi Nepali Pade na hau, dukha hunchha bhanne jani jani kina Qatar gayeko, timi justa pade le kebal muktak, kabita, git justa kurama matra rastra maya jhalkaune hau, aru ke hi pani garna sakdai nau. AALU PADE, HO Nepal mai ke hi ta gara, khali bidesh ma runchhau matra.

  2. Jagat ji.fno des prati ko
    Jagat ji.fno des prati ko bawwana le ot prot vayeko lekh dherai ramro lagyo yasari nai kordai janu hola.

    Regards
    sami Gurung
    Gorkha

Leave a Reply

Your email address will not be published. Required fields are marked *