मुक्तक
दुई मुक्तक
तिमीसँग भेट हुनु जिन्दगीको भूल भएछ,
गोधुलीमा बग्ने आँशु साउनको मूल भएछ,
क्षितिज पारी हरायौ सम्झनाका लहर छोडी,
प्रीतका ती ताजमहल ओइलिएको फूल भएछ ।
——————-
उसको मनमा बज्रपात परिसक्यो भनिदिनू,
सोधे भने सात-समुद्र तरिसक्यो भनिदिनू,
उनी साथमा हुँदा त रमाएकै थिएँ क्यारे,
विस्वासघातको रापले गर्दा मरिसक्यो भनिदिनू ।
नवराज सुब्बा (मुक्तक)

(एक)
कुदियो विश्वयुद्धमा खुकुरीसित नाचियो
स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो
कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ?
सत्रु हैन आफैलाई पो सिद्याउन आँटियो !
(दुइ)
बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ थमायौ
आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ
न गरी खायौ न गरी खानै दियौ माननियज्यू !
गर्छु भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।

मलाई भेट्न भनिकन आउँछे चाँदनी
उनकै अघि बसी केही लेखुँ भन्छ मन