Skip to content

भाँडा माझिन् रानीले

  • by

सुन्दा पनि अचम्म के–के भन्छिन् सानीले ?
सफा पारी सर्लक्क भाँडा माझिन् रानीले !

को रानी हुन् कस्ती छन् बस्छिन् कुन ठाउँमा ?
यिनको दर्बार कहाँ होला सहरमा कि गाउँमा ?
रानी हुन पाएकी यिनको आफ्नै बानीले
मस्काएर मसक्क भाँडा माझिन् रानीले !

‘दाउरामुनि कोइला छ कोइलामुनि यिनी छन्’
यसो भनेपछि पो सूचनाले चिनिछन्
हत्केलामा राखेर मिसाएर पानीले
घोटी–घोटी चम्काइम्भाँडा माझिन् रानीले !

हाँस्दै भनिन् बज्यैले हल्लाएर बुलाकी
‘यी रानी हुन् खरानी अगेना र चुलाकी
बल्ल कुरो बुझेर हल्ला गरिन् सानीले
‘टल्काएर टलक्क भाँडा माझिन् रानीले !’

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *