कस्तो हुन्छ भनेर (बाल कविता) रमेशचन्द्र घिमिरे बाल कविता by editorJuly 1, 2020 कस्तो हुन्छ भनेर बाको टोपी लगाएँ आँखा जम्मै छोपियो अँध्यारो भो, डराएँ कस्तो हुन्छ भनेर बाको चस्मा लगाएँ फननन्न रिँगायो आत्तिएँ र कराएँ कस्तो हुन्छ भनेर बाको दौरा लगाएँ जिउ पूरै ढाकियो मान्छे आफै हराएँ । – रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ 1 1Share Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ