Skip to content

कुखुरी फुलमा नै, मालती फूल


’पद्म’को काटियो खुट्टा, ‘पद्’’ – ‘म’अलग छुट्टिए
लङ्गडो नै भयो खुट्टा, ओंठ पनि त छुट्टिए ।

‘विद्या’केा ‘विद्’ – धपाई, ‘विध्-या’ आई बनीवरी
‘विद्या’को ठाउँमा ‘विध्या’, उफ्रीउफ्री अघिसरी ।

मोटो ‘श’ त दुब्लाएर, पातलो भैसक्यो
मूर्द्धन्य त मूर्ख भयो, दन्ते मन्त्री ‘स’ पूजियो ।

स्वागतमा ‘स’ मन्त्रीको, ‘फूल’ हार किनेर नि
छरिता अर्दली दौड़ी, ल्याएका ‘फुल’ हार नि ।

आयो माला कति राम्रो, नयाँलाई नयैं ज छ
किस्तीको हार हेर्दै, मन्त्री बसे ‘स’ मान खान ।

कुखुरी फुलको माला, गलामा फुल झुन्डियो
लगाए हार टल्काई, खबटा फुल झल्कियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *