जेठका लामा दिनबाट तला थप्ने साइत जुर्यो ।

थरिथरिका कामदारहरू प्रभातको किरणसँगै झुल्किन्थे र साँझको घामसँगै अस्ताउथे । ज्योतिष देखाई जग राख्ने साइत जुराउनुभन्दा पनि लोडसेडिङको साइत जुराउनु पर्ने अवस्था छ अहिले । अन्य कामझैँ घर बनाउन पनि बिजुलीको आवश्यकता पर्दोरहेछ । जेसुकै काम गर्दा पनि बत्ती चाहिनेरहेछ । जेठदेखि लोडसेडिङ घट्ने भएर होला शायद घरका कामको चाप बढ्दै थियो ।

जताततै सिमेन्टको कुहिरीमण्डल छ । बालुवाले घर फोहोर बनाएर खान पनि दिमिग्दग लाग्ने भएको छ । कोही भित्रको भर्याङ भत्काउन, कोही बनाउन तलिन छ । यस्तैमा एकाबिहानै डडेलोले खाएर बीचबीचमा बचेको खरझैँ जिङ्गरिङ्ग सेतो कपाल भएको बूढो इँटा बर्सान आए । पाँच हात परदेखि उनको शरीरबाट दुर्गन्ध आइरहेको थियो । नयाँमा कस्तो थियो भन्ने छुट्याउन नसकिने बीचबीचमा भ्वाङ्ग परेको हनुमाने कट्टु र त्यस्तै भ्याङ्गलो भोटो लगाएका थिए ।

हातखुट्टादेखि शरीरभरि तीनपत्र मयलले राज्य जमाएको थियो । बिहानैदेखि आउँथे । सबै खान जाँदा उनी चाहिँ यताउता, भित्र बाहिर गरी बस्थे । हाम्रैमा खान पाए हुन्थ्यो झैँ गर्थे ।

आमाले पनि द्याओ न है द्याओ आसे बूढालाई भन्नुभयो ।

पहिलो दिनदेखि नै खाना हाम्रैमा खाए । सबै कामदार खाजा खान बाहिर जाँदा उनी चाहिँ आलटाल गर्दै भित्रबाहिर गरी बस्थे । खाजा पनि हाम्रैमा खान थालध्रे कहिलकाहीं खाजाभात दिनुपर्दा उनको शरीरको गन्धले त्राहीत्राही पार्थ्यो । उनी मान्छे नभई फोहोरको डङ्गुर हुन ।

“काभ्रेपलाञ्चोक घर हो ।”

“श्रीमती बितेको दश वर्ष भयो ।”

“छोराछोरीको विवाह भई नातिनातिना छ ।”

“पाखुरा बजाए खुसी हुन्छन सबै ।”

“फेरि बुहारीको भान्छामा मेरो लागि मीठोचोखो कहिले पाक्दैन ।”

“ज्यान फालेर काम गरे पनि यहाँ भने आफ्नै हातले मीठो मसिनो खान पाइन्छ ।”

“फुटेको भाग्य भएपछि कहाँ बुढेसकाल भन्न पाउनु ।”

“छोराबुहारीको खटनमा बाँच्न गाह्रो हुँदोरहेछ भन्थे मेरी आमासँग ।”

छपन्न, सन्ताउन्न वर्ष भए भन्थे । देख्दा असी पचासीका देखिन्थे । नुहाइधुवाई सफासुग्घर भएर बस्नु नि बूढामान्छे रोग लाग्ला आमालेभन्दा : “आ मेरो को छ र कसका लागि राम्रो हुनु भन्थे ।”

अरूका लागि राम्रो हुने हो र ?
आफ्ना लागि पो राम्रो हुने त ?

“बूढी हुन्जेल जागर चल्थ्यो रहर पनि लाग्थ्यो आ अब मेरो को छ र ? कसका लागि राम्रो बन्ने ।” त्यही वाक्य दोहोर्याउँथे बारम्बार । “छोराबुहारीका, छोरीज्वाइँका । म बूढो जे भए पनि कसलाई वास्ता कमाएर दिए रमाएर खान्छन् ।” मेरी आमाको सम्झाउने प्रयास खेर गयो उनी आफ्नै कुरामा अडिग रहे । आफ्नो लागि ठिक लागे पनि त्यस कुराले अन्य व्यक्ति वा समाजलाई असर गर्छ भने त्यस्तो आदतलाई सुधारे राम्रो हुन्थ्यो । पढेलेखेर दुनिया बुझेकालाई त आफ्ना कुरा ठूला लाग्छन । ती निरक्षर बूढालाई के खाँचो अरूका कुरा सुन्न ।

वर्षामास झमझम पानीमा पनि विना ओत काम गर्छ । छाता दिँदा पनि ओढ्दैनन् बूढा । आ यस्तै बानी भइसक्यो भन्छ ।

बूढो शरीरमा थलिएलानी बूढा ठेकेदार भन्थ्यो । कसैका पनि कुरा सुन्ने वाला थिएनन् उनी । काम भने बिहान छ बजेदेखि बेलुका छ बजसे म्म गर्थे घामपानी नभनी । बालुवा चाल्ने इँट्टा वर्साने लगायतका काम गर्थे । एकवाजी भदौतिर घर जान्छु छोरीलाई तीजको दर दिनुपर्छ भन्थे । आमाबावु बाँचुञ्जेल मात्र छोरीवेटीको माइती हुन्छ । आमा नभए पनि म छु, मैले पनि नहेरे चित्त दुखाउछे छोरीले भन्थे । हाम्रो घरमा कुराको विषय बनेका थिए बूढा बा । ती बूढालाई सबैजना बाजे भन्थे ।

जिस्क्याउनु पर्दा चाहिँ उनलाई बूढा भन्थे कामदारहरू । नयाँनयाँ कुल्ली, ज्यामीहरूको आउने जाने क्रम चलिरहेको थियो । त्यस्तैमा एउटी पच्चीस, छब्बीस वर्ष जतिकी केटीको आगमन भयो । सलक्क परेकी गहुँगोरी, हिस्सी परेकी थिई । बालुवा वर्साने, मुछ्ने काममा सिपालु रहिछ । जुनेलिरहेछ उसको नाम । जूनझैँ हँसिली थिई ।

भोलिपल्टदेखि बा नौ बजेतिर खाना खाएर आउन थाले । उनलाई पकाएको खाना बासी भयो । अघिपछि जस्तो खाजा खानेबेला नअनकन्याई हातभरि चाउचाउ बिस्कुट दिनैपिच्छे ल्याउथे । शिशिरको कठोर जाडोपछि वसन्ती बहार छाएझैँ उनको जीवनमा परिवर्तन आएको थियो । उनको त्यो बदलिंदो व्यवहारको बारे चर्चा हुन थाल्यो हाम्रो घरमा । बाह्र बजे कलजेबाट फकर्रे भर्याङ चढन् लाग्दा चमेली तेल लगायत अन्य मीठो वास्ना नाकमा ठोकियो । कहाँबाट बतासले उढाइ ल्यायो भनी दायाँबायाँ नियालेँ । भर्याङमुनि उही बूढा बा बालुवा चाल्दै रहेछन् । म झसँग भए ।

एकछिन त सपना देखेझैँ लाग्यो । धूलो, मैलो कटकटिएर जिङ्गरिङ्ग सेतै फुलेको कपाल र त्यो पहिलेको स्वरूप त सफाचट पो भएछ वा । मसिनो गरी कपाल काटी चमेलीको तेल लगाएछ । फिएर एन्ड ह्यान्सम क्रिम लगाए कि कुन्नि गोहीको छालाजस्तो अनुहार कोमल, मुलायम भई चम्किरहेको थियो । ती भाङ्गला लुगाले मुक्ति पाएछ । चटक्क परेको सट र हाफ पाइन्टमा पचपन्न, साठीका नभई तीस, पैतीसका जवान पो भएछ । ढुङ्गामा लुकेका मूर्तिझैँ छोपिएका पो रहेछन् बूढा बा । त्यो उदास अनुहारमा फूलको झैँ मुस्कान भरिएको थियो । कुनै दोहोरीको भाका सुशेल्दै थिए । उनलाई हेर्दाहेर्दै म त्यसै अल्मलिएछु । लागेको भोक पनि त्यसै हराएछ । हतपत दायाँवायाँ हेरेँ । बूढा बालाई हेरेको कसैले देखेका छन् कि भनेर । बूढा आफ्नै सपनाको दुनियाँमा हराइरहेका थिए । माथि गई कलेजको पोसाक फेरि खाना खाए ।

उनको परिवर्तित स्वरूपको चर्चा परिवारमा मात्र नभई ठेकेदार, अन्य कुल्ली, सिकर्मी, डकर्मी लगायत सबैतिर भुसको आगोझैँ फैलिसकेको थियो । उनको बद्लिदो रूप सबैमा जिज्ञासाको विषय बनेको थियो । बासझैँ पातले बूढाका गाला दिनप्रतिदिन पुक्क भई फुलाएको वेलुनझैँ देखिन्थे । रूँदारूँदा थाककेा जस्ता आँखामा पभ्रातको किरणझैँ कहाँबाट आयो त्यो चमक । सबैका लागिरहस्यमय बन्दै गए बा । लुगा पनि दिनदिनै फेर्दारहेछ । अब त ठेकेदारले पनि जिस्क्याउन थालिसकेको थियाध्रे छोरीलार्इ दर दिन घर जान्छु भनेको सबै भुलेछ । के को घर जानु न वर्नु । त्यतिकै तीज गयो । सम्झनका लागि बाँकी के नै थियो र घर सम्झिन्थे ।

छोरीप्रतिको माया, कर्तव्य सबै भुलेछ । धमिराले खोक्रो बनाएको दलिनझैँ उनीभित्र पनि खोक्रो आदर्श मात्र रहेछ । असोजको सुरुसँगै दसैँ परेकाले भदौ बीचतिरै सोह्र श्राद्ध लागिसकेको थियो । घर पनि धमाधम बन्दै थियो । बूढालाई बूढा बा भन्न नसुहाउने गरी आधा उमेरै घटेझैँ देखिन्थे ।

उनको बद्लिएको जिन्दगीले सबैलाई मुक्ति मिलेको थियो त्यो दुर्गन्घबाट । अन्य कामदारहरू पनि बूढासँग तर्किदैनन्थिए । हेर्दाहेर्दै बूढा वा रोमान्टिक फिल्मी गीत गुनगुनाउने भइसकेछ । बूढाको खुसीमा हाम्रो घर पनि रमाएको थियो ।

जे होस बूढाले काँचुली फेरे सबैको मुखमा यही थियो ।

बुङ्गबुङ्ग चुरोटको धुँवा उढाउने बूढा बा अचेल एक सर्को पनि तान्दैन । कति उडाउँछौ बूढा चाँडै माथि जाउला ठेकेदार भन्थ्यो । झन् रहुसिँदै एकपछि अर्को सल्काउँथे बूढा । होइन बूढा किन यसरी हिराझैँ चम्किदैछ । पूरै पो परिवतर्न भए गाँठे ठेकेदार भन्थ्यो । बूढा निचिक्क दाँत देखाई हाँस्थे ।

शनिबार छुट्टीको दिन नुहाइधुवाइ गरेर दिन बिती जाने । ढलान गरेको माथिल्लो कौशीमा लुगा सुकाएका थिए । कालो वादलले खल्याप आकाशलाई कुन बेला निलेछ कुन्नि पानी ओइरिन थाल्यो । आमा माथि लुगा उठाओ न भनेर चिच्याउनु थाल्नभु याध्रे पढ्दै गरेको किताव छोडी दौडेर माथि गएँ ।

खाली ठाउँ भएर होला बिरालाको विगविगी हुन्थ्यो भर्याङमा । अल्झेला भन्ने डर । भर्याङमुनि कुनाबाट मधुरो आवाज आयो ।

हाइे न बिरालाले घरजम वसाएछ कि क्या हाध्रे फोहोर पार्ने भए भन्दै लट्टठी लिई धपाउन गएकी त । बूढा वा र त्यही जुनेली पो रहेछ । खेलिरहेका थिए उनीहरू खेल मायाको ।

-ईश्वरी कार्की वर्षा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *