Skip to content

विश्व नेपाली साहित्य प्रतिष्ठान, तनहुँ गठन

  • by

२०८ औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान, गण्डकी प्रदेशको संयोजनमा तनहुँ शाखाको प्रथम भर्चुअल भेला सम्पन्न भएको छ । भेला मार्फत दिवाकर भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

उपाध्यक्षमा संगम सापकोटा (देवघाट गाँ. पा.), सचिव कल्पना घिमिरे (रिसिङ गा.पा.), कोषाध्यक्ष रामचन्द्र पौडेल( भिमाद न.पा), सह सचिवमा जुना खड्का(शुक्लागण्डकी न. पा.), सदस्यहरूमा लक्ष्मी तिम्सिना (व्यास न.पा.), अमरराज नहकि(बन्दीपुर गा. पा.), अञ्जना तिम्सिना(भानु न.पा.) र सन्देश घिमिरे( म्याग्दे गा.पा.)चयन हुनु भएको छ । यसैगरी सल्लाहकारमा आकाश अधिकारी र शिव आर्य चयन हुनुभएको छ ।

कार्यक्रम विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनको प्रमुख आथित्यतामा प्रस्तावित विनेसाप्र जिल्ला समिति तनहुँ अध्यक्ष दिवाकर भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विनेसाप्र केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली भाषा साहित्यको विकासका लागि नेपालबाट सुरूवात भएको यो अन्तर्राष्ट्रिय अभियानले नेपाली भाषा साहित्यको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । त्यस्तै, संस्थाले विश्वभरिका नेपाली स्रष्टाहरुको पहिचानको लागि कार्य गर्नेसमेत बताउनुभयो ।

“गैरआवासीय नेपालीहरुले समेत भाषा साहित्यको योगदानको लागि धेरै राम्रो कार्य गरिरहेको सन्दर्भमा देशमै रहेका स्रष्टाहरुको ठुलो जिम्मेवारिरहेको छ । ” अधिकारीले थप भन्नुभयो, “नेपाली माटोमा जन्मिएका विधाहरुको विकासका लागि प्रतिष्ठानले तत्काल छुट्टै केन्द्रीय विभाग गठन गर्ने छ । ”

विनेसाप्र गण्डकी प्रदेश अध्यक्ष लक्ष्मीप्रसाद मिश्रले प्रतिष्ठानले देशका सबै प्रदेशका स्रष्टाहरुको अभिलेख राख्न आवश्यक भएको र त्यसको लागि गण्डकी प्रदेश लागि पर्ने जस्को लागि जिल्ला समितिले पहल गर्नुपर्ने कुरा बताउनु भएको थियो । त्यस्तै, विनेसाप्र विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले संस्थाको विदेश विभाग गठनको क्रममा रहेकोले गैरआवसीय नेपाली स्रष्टाहरू अभियानमा जोडिन आव्हान गर्नुभयो ।

विनेसाप्र जिल्ला समिति तनहुँ अध्यक्ष दिवाकर भट्टराईले संस्थाको विधि अनुरुप रहेर तनहुँ जिल्लामा साहित्यको माध्यमबाट नेपाली भाषा साहित्यको विकास र विस्तारमा जोड दिने उल्लेख गर्नुभएको थियो । आगामी दिनमा ९ जनाको कार्यसमितिलाई थप गरी ११ जनामा लैजाने जसमा तनहुँ जिल्लाका सबै गाउँपालिका, नगरपालिका प्रतिनिधित्व हुनेगरी नव कार्यसमिति चयन गर्ने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि विनेसाप्रका केन्द्रीय महासचिव शिव खनाल, विनेसाप्रका केन्द्रीय विदेश विभाग प्रमुख खगेन्द्र बस्यल, विनेसाप्रका गण्डकी प्रदेश अध्यक्ष लक्ष्मीप्रसाद मिश्र, उपाध्यक्ष सिता कार्की, आर्थ कुलिन, कल्पना घिमिरे लगायत स्रष्टाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका गण्डकी प्रदेश महासचिव आकाश अधिकारीले गर्नुभएको थियो ।

थप जानकारी
९८४६३७३३९०

२०७८/३/२९, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *