ओएसनेपालको प्रस्तुति सदाबहार गीतको पंक्तिमा नेपाल आइडल गायक प्रविन भेट्वाल र गायिक सरिता प्रजापतिको स्वरमा ‘सोचेँ बाँच्ने आधार हो संसारकै खुशी तिमी’ गीत सार्वजनिक भएको छ ।
कोरोना महामारीको अवस्थामा पनि संगीतप्रेमीहरू माझ मनलाई रुवाउने उक्त गीत गुनगुनाउँदा गीतको बोलबाट मनलाई हल्का महसुस गर्न सकिने दु:खलाई कहीँ बिसाएर आराम गरे झैं अत्यन्तै मर्म स्पर्शी गीत सार्वजनिक भएको हो ।
गीतकार सुरेन्द्र महर्जन’अमर’ को रचना रहेको संगीतकार पुष्कर सुनुवारको संगीत एवं एरेञ्जर रहेको र मेलोडी नेपालमा रेकर्डिङ भएको क्यामरा सुदिप पंगेनी अनि रोशन कुमारको निर्देशनमा तयार भएको छ ।
