प्रभात तिमी आऊ न यहाँ अँध्यारो छ साह्रो
सदियौँ भयो प्रकाश यहाँ छिरेको होइन
गरिब, दुःखी, निमुखा सबै आँसुको दहमा
उजेली बनी बेजोड आऊ देखाऊ चकमा
समीप अँझै आएमा तिमी कहर मेट्नेछ
जीवन ज्योति झलल्ल गरी सहारा हुनेछ
साङलोले युक्त यी हात दुवै पीडा यो असह्य
तिमीले गर यो मुक्तिलाई उठाऊ सगर
सदाका लागि आएर तिमी सन्ताप मेटाऊ
साँझ यो ढाल्ने कुनै नि मेसो कतै नै नल्याऊ
२०७२ मङ्सिर १ मङ्गलबार
बिजु सुवेदी “विजय”
कुलेश्वर,काठमाडौँ
bijusubedi@gmail.com
