समतामूलक समाज पर्खिरहेका छन्
क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ
धनी झन्–झन् अकुत सम्पत्ति कुम्ल्याउँदैछन्
गरिब झन्–झन् धेरै रित्तो हात हुँदै छन्
यो अव्यवस्था हटाउन तिमी बन्दुक बोकीदेऊ
क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ
रातो झण्डा लाल आँगनमा पर्खिरहेको छ
तिम्रो प्रतीक्षा गरिब दुःखी गर्दैछन्
यो आन्दोलन सफल पार्न तिमी तम्सिदेऊ
क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ
कुनै लक्ष्यबिना बाँच्नुको कुनै अर्थ हुन्न
न्याय निम्ति उत्सर्गको शपथ त्यो लिनुपर्छ
अनि हुन्छ देश र जनताको विजय
क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ
२०७२ पुस १३
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
