Skip to content

कसैकोे हाँसो चेहरा हेर्दिन

अचेल सधैँ कसैकोे हाँसो चेहरा हेर्दिन
धेरैको मैले मुस्कान भित्र क्रुरता देखेथेँ

आफूले सधैँ मद्दत गरेँ धेरैको आपत
आफूले झेल्दा पाइन कुनै बदला मद्दत
सुखमा देखेँ सबैको हाई ताम र झामको
दुःखमा सधैँ म आफू एक्लो सधैँको एकल

उदास दुःखी चेहरा भनी हेपेथेँ सधैँ नै
आपत पर्दा मद्दत गर्न उदासी नै आए
धनको मात्र बल यो हैन मनको बल हो
दिमाग हैन हृदय हेर त्यसमा परख

२०७२ फागुन १४ शुक्रवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *