भूकम्प पीडित तथा शासकहरुको परनिर्भर प्रवृत्ति

भूकम्प पीडितहरु आजसम्म पनि पाल मुनि राहतको आशामा विताइरहेका छन् । यस्तैमा धुर्मुस र सुन्तली जस्ता कलाकारहरुले थुप्रै भूकम्प पीडितहरुलाई टहरा बनाएर सुम्पिसकेका छन् । यहाँ भन्न खोजेको कुरा के हो भने धुर्मुस र सुन्तलीजस्ता कलाकारहरुलाई गाँस बासको समस्या नपरे पनि उनीहरुले थुप्रै टहरा बनाएर पडितहरुलाई सघाए । यो सहयोग त्यही भूकमपमा भत्किएर उब्रेका निर्माण साग्रीका सरसामानबाट पुनर्निमाण गरेका हुन् । तर पीडितहरुमा भने यस्तो जोश, जाँगर र आँट पलाएन । उनीहरु मुख ताक्दै बसिरहे । यदि उनीहरु पनि समस्यासँग जुझ्न तम्सने हो भने धुर्मुस र सुन्तलीले भन्दा राम्ररी जोहो गर्न सक्थे तर दुखःको कुरा , यस्तो पीडत पक्षबाट भएन । त्यस्तै यसरी भत्किएका संरचनाहरुको पुन निर्माण गर्नमा धुर्मुस रसुन्तलीले जति नेपालका सेना र प्रहरीले पनि गरेका छैनन् । तर उद्धारकार्यमा उहाँहरुको कदम बीसमा उन्नाइस चाहीँ छ नै । राहत सामग्री बाँड्दा तँछाड मछाड गरी दौडादौड गरी माग्ने प्रबृत्ति व्याप्त देखिएको छ । त्यहाँ मागीखाने बानीको विकास भइरहेको छ । परनिर्भरता चरम रुपमा वृद्धि भइरहेको छ ।

भूकम्पभन्दा अघि आफ्ना लागि आफूले पहिले जसरी जोहो गरेका थिए त्यसरी नै जीवन निर्वाह गरेका भए अहिले सुकुम्बासीजस्तो अवस्था हुने थिएन र अहिलेजस्तो परनिर्भरमुखी पनि हुने थिएन । यसले ती पीडित भनाउँदा व्यक्ति हरुमा व्याप्त अल्छीपना हुन गयो । कुनैपनि देश विकास हुन धेरै दुःख पाउनुपर्छ अनि आफू जसरी भएपनि पाइन लगाएर मरिमेटेर लाग्न बाध्य हुन्छ आनि परनिर्भरता हट्छ भन्थे । तर नेपालमा त्यो पनि उल्टो भयो । देशले कोल्टे फेर्ने कुनै लक्षण अहिलेसम्म देखापरेको छैन । त्यसैले आफ्नो खुट्टामा उभिनु सबैभन्दा ठूलो कुरो हो भन्ने पाठ मनन गरेर सबैले कार्य गर्नुपर्ने आजको दिनको टड्कारो आवश्यकता हो ।

शासकहरुमा पनि परनिर्भरता छ । ऋण लिनु सदुपयोग नगर्नु । विदेशीले उद्योगहरु बनाइदियोस् भन्ने आश गर्नु । अनुदान को आश गर्नु । यी सब अल्छीपनारुपी भ्रष्टाचार हुन् । शासकहरुले पनि भ्रष्टाचारमुक्त किसिमले देशका लागि जुट्नु पर्छ अनि देशको स्तरोन्नति हुन्छ । सबैजना भ्रष्टाचार मुक्त भई तम्सिए देश विकासहुन कत्ति पनि बेर लाग्दैन ।

एउटा कुरा चाणक्यको सन्दर्भमा छ जुन यो सन्दर्भमा अति मननीय छ । चाणक्यको समयमा भारतमा तीव्र विकास भएको थियो । त्यो बेला अहिलेजस्तो विजुलीबत्तीको आविस्कार पनि भएको थिएन । एउटा तेलको दियो बालेर रातको काम गर्नुपथ्र्र्योे । एकदिन चाणक्यले कसरी तीव्र विकास गरेछन् भनेर चीनका शासक चाणक्यलाई भेट्न आए । चाणक्य आफ्नो काममा व्यस्त थिए । एकछिन पछि बलिरहेको दियो निभाएर अर्को दियो बालिसकेपछि चीनका उक्त शासकसँग “अब भन्नुस कुन कामले पाल्नुभयो ?” भनी सोधे । चीनका शासकले पहिले “सो दियो अर्को किन बाल्नुभएको ?” भनेर सोधे । चाणक्यले “पहिलको दियो राज्यको खर्चबाट बालेको हो र यो अहिले बालेको दियो मेरो खर्चबाट बाल्ने हो । किनकी तपाईंसँगको भेटघाट मेरो नितान्त व्यक्तिगत भेटघाट हो । भन्नुस् अब के कामले पाल्नुभो ?” त्यसपछि चीनका शासकले “हैन हैन मैले केही पनि सोधेर यहाँको अमूल्य समय नष्ट गर्न चाहन्न मलाई उत्तर प्राप्त भइसक्यो मैले प्रष्ट बुझिसकेँ” भनेर आफ्नो भारतको यात्रा तत्कालै ट्ङ्गाएर चाणक्यसँग आभारी भएर चीन प्रस्थान गरे । त्यसपछि त्यो बेला साँच्चिकै चीनले पनि विकासको फड्को मार्यो । यसरी नै हाम्रा नेपालका शासकहरुमा पनि चेतना पलाए हाम्रो देश विकासका दिन गनिरहनुपर्ने थिएन ।

२०७२ पुस २१
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *