एकदिन भगवान आफ्नो लोकबाट व्रम्हमाण्ड संसारका सर्वत्र न्याय दिलाउन जुटिरहँदा धेरै थकित भए अनि त्यसै मेसोमा भगवानलाई मत्र्यलोकमा मानिसहरुमा कोचाहिँ मलाई मद्दत गर्ने रहेछन् भनेर निरीक्षण गर्ने बिचार पलायो ।
अनि भगवानले ध्यानदृष्टिले मत्र्यलोकमा सर्वत्र निरीक्षण गर्दा
“भगवानमा विश्वास गर्नेहरुले भगवानलाई प्रलोभन देखाएर आफ्नो इच्छा पूरा गर्न तँछाडमँछाड गरिरहेका थिए भने नास्तिकहरु आफ्नो बलबुताले भ्याएसम्म आफैँले आफ्ना इच्छा पूरा गर्न जुटिरहेका थिए । भगवानका भक्तहरु भगवानको नाम जप गरेर, भजन गरेर भगवानलाई अनेकौँ पूजाआजा गरेर हातखुट्टा भएपनि भगवानको चाकडीमा समय खेर फालिरहेका थिए भने नास्तिकहरु समय खेर नफालिकन परोपकारका कार्यमा जुटिरहेका थिए ।”
भन्ने नतिजा प्राप्त भयो ।
२०७२ फागुन १४ शुक्रवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com
