Skip to content


हरेक मीठो बजाऊ गीत निरस कर्कस
सुनेर केही भएन आज बेसुरा बेताल

हरेक राम्रो सजाऊ लुगा निरस सौन्दर्य
लाएर केही भएन आज अगति अशान्ति

हरेक राम्रो चाखेर खाना निरस चहक
खाएर केही भएन आज अमन बमन

हरेक मान्छे भेटेर बोल्दा निरस असाथी
भेटेर केही भएन सबै बेकार स्वार्थीलो

हरेक ठाउँ घुमेर आज बेकार बेजान
घुमेर केही भएन आज निर्जन सर्वत्र

हरेक खेल खेलेर बस्दा नमज्जा बेकार
खेलेर आज पाउने के हो धिक्कार बिकार

हरेक लेख पढेर बस्दा दिक्दार आलस्य
आखिर सबै आ–आफ्ना कुरा रटान गर्दछन्

हरेक सूची रुचिनै छैन ऐँठन भएर
आखिर सबै निस्तो नै निस्तो फगत बेकार

रुचि नै छैन कुनै नि कुरा निरस सर्वत्र
त्यसैले मृत्यु लाग्योनि प्यारो यसमा रस छ

मृत्युका लागि कामना गरेँ मरेर जानेछु
अगाडि अब फ्याँकेर ज्यान भलाइ गर्नेछु

निडर छु म मर्नका लागि यही छ अठोट
अगाडि अब फ्याँकेर ज्यान भलाइ गर्नेछु

२०७२ मङ्सिर २५
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *