Skip to content


जाग हे ! दुःखी समर गर्न अन्याय विरुद्ध
बाँधिन सक्छ साङ्लोले हात आवाज उठाऔँ ।।

फुटाई राज गरेर बाँध्ला कम्मर कसौँ न
सामन्ती सत्ता बढार्न आज समूह बनौँ न
लुटेरा राज आउन सक्छ दमन गरेर
डटेर गरौँ सामना अब बुलन्दी भएर

प्रत्येक चाल देशका लागि चालेर बढाऔँ
प्रखर बनी जुटेर अब एकता देखाऔँ
शत्रुका पञ्जा छुटाई अनि उकाली चढौँ न
उन्नति हुन्छ यसरी बढी शिखर पुगौँ न

अबेर भयो हे ! उठ सब बहार ल्याउन
डरायौँ भने परिन्छ पछि निडर बनौँ न
सहिद सम्झी डटेर अब सङ्ग्राम गरौँ न
कस्सेर मुठ्ठी दिएर ज्यान गरौँ न अर्पण

२०७२ पुस ४
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमार्डौँ
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *