आत्तिनु हुँदैन, मात्तिनु हुँदैन ।


दुःख भयो भनेर आत्तिनु हुँदैन ।
सुख भयो भनेर मात्तिनु हुँदैन ।।

गरिब भनेर कबै हेला नगर,
उन्मादित भएर ठाट्टिनु हुँदैन ।
जवानी सबको एकपल्ट आउने हो,
चौडा छाती भनेर पात्तिनु हुँदैन ।

आगोमा झोस्ने रुइजस्तो नबन,
त्यसरी तिमी कस्सेर बात्तिनु हुँदैन ।
बीचार नमिलेमा सम्झाउनु पर्छ,
रिस उमालेर तात्तिनु हुँदैन ।

देशको अस्तित्त्व सधैँ जोगाउनुपर्छ,
विदेशीसँग झरेर साट्टिनु हुँदैन ।
बुझ ! दुश्मन भनेको दुश्मन नै हो,
अचानोमा फसेर काट्टिनु हुँदैन ।

नोट :– यो गीति कविता गजल लेख्ने पाराले लेखेको हुनाले यसलाई ७ शेरको गजल पनि भन्न सकिन्छ ।

२०७२ मङ्सिर १९ शनिवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *