Skip to content

तत्कालै चीनबाट इन्धन ल्याउने जोहो गरोस् ।

अहिलेको अवस्थामा भारतले तीन बाली उत्पादन गर्नुहुने तराईको उर्वर भूमिमाथि आँखा गाडेर र्याल चुहाइरहेको छ । उसले कसरी हुन्छ तराईलाई आफ्नो भू–भाग बनाउनमा कुटनीतिक चाल चलिरहेको छ । हुनत भारतीय सदनमा आज मोदी सरकारको विरोधमा नेपाललाई नाकाबन्दी नगर्न बहुमतले ठूलै दबाब दिएको समाचार आएको छ । तर हाम्रा कधेसी नेताहरुमा नेपालभक्तिको त्यस्तो चेत अझैसम्म पनि पलाएको देखिएको छैन । हाम्रा मधेसी नेताहरुको भारतपरस्त विचारले झन् मोदी नेतृत्व सरकारलाई हौस्याइरहेको छ । यस्तो अवस्थामा पनि नेपाल सरकार भने अझै पनि विभिन्न बहानामा भारतबाट इन्धन ल्याउँदा पाउने कमिशनको आश गरी जिब्रो लेब्र्याउँदै बसिरहेका छन् । हाम्रो देशका नेताहरुप्रति नेपाली जनताहरुको धारणा नकारात्मक रहेको धेरै भइसक्यो तर अझै पनि उनीहरुलाई जनतासँग राम्रो बनाउने एकरत्ति पनि विचार देखिँदैन ।

नाकाबन्दी बारे संयुक्त राष्ट्र संघ, सार्कजस्ता आफूलाई परेका समस्याहरुका बारेमा अन्तर्राष्ट्रिय फोरमहरुमा बुलन्द आवाज उठाउन नसक्नु वर्तमान ओली सरकारको ठूलो कमजोरी हो । अहिले भरखरै युनिसेफले निकालेको प्रतिबेदनले नेपालमा ३० लाख वालबच्चा तथा विरामीहरु उच्च जोखिममा छन् र यसले छिट्टै मानवीय संकट निम्त्याउन सक्ने भनेर तथ्याङ्क निकालिसक्दा पनि सरकारका तर्फबट यस बारे पहशल नगरी नाकाबन्दी सम्बन्धमा वार्ताको अनौपचारिक कार्यक्रममा मात्रै व्यस्त देखिन्छ ।

अहिले सबैभन्दा ठूलो आवश्यकता भनेको देशका सम्ूर्ण जनताहरुलाई गाँसको तथा सघन उपचाररतहरुलाई औषधिको समस्या हो । यसका लागि इन्धनको समस्या तुरुन्त हल गरोस् । अनि जनतासँग गिरिसकेका नेताहरुलाई जनताले राहत पाएर केही भए पनि गुमिसकेको स्खलित विश्वासलाई पुनः अपनाउने थिए कि ? तसर्थ यदि यी नेताहरुलाई जनताप्रति विश्वास जित्नु छ भने अविलम्ब ढिलासुस्ती नगरी, कमिशनको चक्ककरमा नपरी, चाँडोभन्दा चाँडो तत्कालै चीनबाट इन्धन ल्याउने जोहो गरोस् । यसैमा आम नेपालीहरुको भलो हुने देखिन्छ ।

२०७२ मङ्सिर १५
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *