सबैका लागि चाहिने कुरो म बिजुलीप्रसाद
नहुँदा म त जहिल्यै कालो हुन्छ नि सर्वत्र
म भए जो नि सन्तोष गर्छ गर्वले फुल्दछ
आशाको केन्द्र भएको छु म नेपाली जनको
म जान्छु सधैंँ बहेर जहीँ उज्यालो ल्याउन
नभए म त कसैको गाँस पाक्दैन अब त
इन्धन सबै नाकाको बन्दी भएर म हिरो
मेरै छ भर अरुको छैन बिकल्प अब त
सर्बत्र मेरो हाई र हाई म भएँ फुरुङ्ग
मेरै छ माग अहिले जहीँ नेपाल देशमा
२०७२ पुस ८
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
