पढाइले उज्जवल भविष्य हुन्छ भनेर उसले धेरै पढेको थियो तर रोजगारी कतै पाएको थिएन । जहाँ पनि “कामको अनुभव कति छ ?” भनेर सोध्नाले हलुवामा वालुवा भइरहेको थियो । ऊ सधैँ जागिरबाट चिप्लिन्थ्यो । जहाँ पनि अनुभवी मान्छे चाहिने हुनाले आखिर उसको मोटो पुस्तकको पढाइले कतैपनि रोजगारी प्राप्त हुन सकेन ।
विस्तारै समयको चलन बुझेर उसले जस्तोसुकै काम भए पनि तल्लोस्तरदेखि गर्ने निधो गर्यो । कामको सिलसिलामा अनुभव त के हुन्थ्यो र पढाइले जे सिकाएको थियो त्यसको ठीक उल्टो काम गर्नुपथ्र्यो । पढाइले “इमान्दारीले आफ्नो कार्यालयलाई माथि पुर्याउनुपर्ने ” सिकाएकोले केही भएको थिएन । बरु अनुभवले कसरी आफ्नो कार्यालयका लागि कर छलेर साम, दाम, दण्ड, भेदजस्ता तीकडमले साहुको व्यवसायलाई नाफामा पुर्याएर राम्रो बनाउने भन्ने सिकाएको थियो ।
२०७२ मङ्सिर २५
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
