देशको हाल बिग्रियो आज संकटै संकट
जता नि हेरे कालोको धन्दा महङ्गी भूकम्प
पैसाको क्याँठ देखायो भने जे पनि पाइन्छ
अन्यथा भाउ मोल्न नि खोजे केही नि पाइन्न
पैसाको पछि लागेर यहाँ बेपारी मोटाए
जनता–लाई लुटेर यहाँ ढाड नि सेकाए
विश्वको एक नम्बर भयो गरिब राष्ट्रको
के गरी बाँच्ने सकस भयो निमुखा जनले
आकाशे भाउ सबै नि बस्तु के गरी जिउने
कसरी बसे जनता आज कहर खाएर
नाकाको बन्दी भारत एक्लो निर्याती भएर
असली मित्र भएन हरे ! दक्षिणी सिमाको
नेताको चाल दलाली गर्ने देशको सम्पत्ति
के गरी खाने यसरी यहाँ नेपाली सन्तत्ति
२०७२ पुस २
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi#gmail.com
