Skip to content

झुक्याएर कालले, बेर्या जस्तो भो


आजकाल दशाले, घेर्या जस्तो भो
झुक्याएर कालले, बेर्या जस्तो भो

जति गरे नि असफल मात्र किन ?
भावीले निधारमा, केर्या जस्तो भो

पन्नामा लेख्दा अक्षर बिग्रे जस्तै
यस जुनि कौवाले, छेर्या जस्तो भो

डामाडोल जिन्दगी बुझ्न सकिन
बिधाताले लेखान्त, फेर्या जस्तो भो

कलि युग हो सत्य छाडी देवले
असत्यको पक्षमा, हेर्या जस्तो भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *