Skip to content

जहाँ जान्छौँ प्रीय हामी


जहाँ जान्छौँ प्रिय हामी, त्यहाँ एउटै जात होस्
पिरती गाँस्नेको लागि ,ईज्जतको नि खात होस्

तिमीसँग टाढिएर बस्ने चाहा छैन नि मेरो
अङ्गालोमा बाधि बित्ने, सधै रंगिन रात होस

हाँसी खुसी बाच्नु पर्छ गाउँ घरमा सबै सामु
जताततै तिम्रो मेरो, ठाउँ ठाउँमा बात होस

जिन्दगीको मोडहरूमा एकै साथ हिड्दै जाँदा
ठेस लागि लडे भने, समात्ने तिम्रै हात होस

कसैको अत्याचार सहेर बस्नु पनि नपर्ने
मानवताको धर्म के हो ? त्यो सबैलाई ज्ञात होस

Leave a Reply

Your email address will not be published. Required fields are marked *