इच्छा पुरा भए तिम्रो, आनन्दले मर्ने थिए
तिम्रो साथ छाड्नु परे, परलोक सर्ने थिए
पिरतीको माला गाँस्न मलाई बोलाएदेखि
हजारौ भीर पाखाको, ओरालो नि झर्ने थिए
दुख कष्ट सही तिमीले साथ दिएउ भने
सुख दिनलाई जे’नि, हाँसी हाँसी गर्ने थिए
अनेकौ प्रयास गर्दा असफल भए पनि
हर चिज पुराउन, खाडलमा पर्ने थिए
मसँग छुट्टिएर खुशीले बाँच्न सक्छौ भने
सयौ खोलानाला पनि, तिम्रो निम्ति तर्ने थिए
