उकाली ओराली, गर्नै पर्छ भन्छन
बाँच्न चाहे पनि मर्नै पर्छ भन्छन
सार्थक जीवन बनाउनको लागि
उन्नतिको बिउ, छर्नै पर्छ भन्छन
प्रकृतिले दे’को एक बारको जुनि
नचाहे नि खोला, तर्नै पर्छ भन्छन
जीवन मै बसाई सर्दिन भने नि
परलोक तिर, सर्नै पर्छ भन्छन
अहिंसाको अन्त्य चाहने नै हो भने
ममताको झोली, भर्नैपर्छ भन्छन
