Skip to content

अगाडि कदम, चालेर के गर्नु ?


टुक्रेको मुटु नि, टालेर के गर्नु ?
अगाडि कदम, चालेर के गर्नु ?

आशा र भरोसा टुटिसकेपछि
निभेको दियोलौ, बालेर के गर्नु?

आत्मा त नमर्ने रहेछ कैले नि
मनमा कुरुप, पालेर के गर्नु ?

सुनको महत्व अलग्गै हुन्छ नि
फलामसँगै त, गालेर के गर्नु ?

स्वर्ग नि यही छ नर्क नि यही छ
धर्म र सत्यता, फालेर के गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *