कानभरि सुन, भएर के गर्यौ ?
आकासमा जून, भएर के गर्यौ ?
अभाव छ हेर त्यो ज्यानको लागि
तिमीभित्र खुन,भएर के गर्यौ ?
बिरहको बेला मन शान्ति पार्न
सुमधुर धून, भएर के गर्यौ ?
बिनासको बेला खाचो तिम्रै थियो
राम्रा राम्रा गुन, भएर के गर्यौ ?
लालाबाला भोकै छट्पटेको बेला
घरभित्र नून, भएर के गर्यौ ?
