Skip to content

मन बुझ्ने कोही भेटिन मैले


सबैलाई साथ दिने गर्थे
स्वार्थी बन्न जानिन मैले
कोही कसैले सहयोग माग्दा
सक्दिन भन्न सकिन मैले

सुखमा तिमी मुस्कुराउँदा
हाँस्ने कोशिस गरेकै थिए मैले
दुखमा तिम्रो आँसु बहदा
आँसु त पुछिदिएकै थिए मैले

निस्ठुरी बनी छाडेर गयौ
दिएकै थिएँ चोखोमाया मैले
अन्तै मोडियौ माया लगायौ
बिस्वासघातीको नाम पाए मैले

सबैलाई आफ्नो सम्झिन्थे
जीवनमा ठुलो गल्ती गरे मैले
कसैलाई माया र बिस्वास गर्थे
यो पनि त भुल गरे मैले

झरेका आँसुका थोपाहरू
देखिन सम्हाल्ने कोही मैले
गुम्सिएका छन भावनाहरू
तर मन बुझ्ने कोही भेटिन मैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *