माया तिमिले नि गर्थेउ
हो मैले नि गर्थे
बिस्वास हामिमा कति थियो ?
अनि भरोसा पनि !
यसको मापन गर्न
मिल्ने भए सायद
अबिस्वासको माला गाँसिन्थ्थो
जतिबेला हामि नजिक थियौ
तेति बेला टाढा भयौ
अहिले हामि टाढा छौ
नजिक नजिक हुन खोज्छौ
यो खेल न समयको हो न त बिधाताको !
