ब्यथा लुकाई कुरा, साट्न सक्ने भा’छु
खोजी खोजी बैरी नि, काट्न सक्ने भा’छु
चुप बसे भन्दैमा नहेपे हुन्छ अब
मेघ गर्जे झै मान्छे, झाट्न सक्ने भा’छु
देश डुबाउन खोज्छौ सर्तक हुनु
देशद्रोही पनि, छाट्न सक्ने भा’छु
पाईन भने मायाको भिख माग्दिन
एक्लो जुनीको डोरी, बाट्न सक्ने भा’छु
असत्यको अत्याचार बढेको बेला
सत्यको पछि लाग्न, ढाट्न सक्ने भा’छु
