१
सबै कुरा साचो नि, बताउन हुन्न हजुर
धेरै माया दिएर, मताउन हुन्न हजुर
आफ्नो ईच्छा होइन अरुको पनि हेर्नु पर्छ
बिना कारण त्यसै, सताउन हुन्न हजुर
२
खाली रछ गला, सुन किन्छौ कि ?
जिउ मात्रै राम्रो, गुन किन्छौ कि ?
विना संगीतको गीत के कामको ?
त्यसैले अज्ञानी, धुन किन्छौ कि ?
३
पिरती लगाऊ, धोका दिएर जाऊ
यो मुटु फुटाऊ, टुक्रा लिएर जाऊ
खुकुरिको धार सहने अचानो हुँ
काटेर रगत, सबै पिएर जाऊ
