Skip to content


अनेकौं पीडा लुकाई, नौ महिना गर्वमा बोकेर
धन्य! मेरी आमा तिमी, देखायौं मलाई यो संसार

बामेसर्ने बेलामा मलाई, ताते ताते हिड्न सिकायौं
धुलोमा लडीबुडी गर्दा, नग्न जिउ सुग्गरी बनायौं

मानोपिठो चुलोचौका गरी, उभिन सिकायौं आफ्नै खुट्टामा
अनौंठो संसारमा बाँच्न सिकायौं, गुरुहरूको पनि गुरुआमा

अनेकौं वसन्त पार गर्दा नि, अँझैं खाँचो छ आमा तिम्रो
सुःख दुःखमा साथ दिने, जीवनको पहिलो पाटो हो हाम्रो

जो हौं! जस्ती छौं, अमूल्य चिज मेरा लागि तिमी
भगवान पुकारी माग्नेछु सधैं, सुःख शान्ति तिम्रै लागि

अरु जस्तै नारी नै हौं, जन्म दिने तिमी आमा
छैन कुनै त्यस्तो शब्द, तिम्रो गुण गाउने ममा

3 thoughts on “धन्य!मेरी आमा”

  1. chandramani.adhikary.5

    Dear sir,
    mother who kept me inside her for whole nine months
    so much pain near to death but my mother you kept me in your breast
    Mother you nurtured me, made warm and fresh, enough my appetite
    You breast fed me.

  2. chandramani.adhikary.5

    please publish my poems
    म नै राम्री भन्दै मुख विवरमा ध्यान नदिई
    उदाइन् पूर्णेमा शशि तुजुकले बाँधिन गई
    बसिन् केही बेला गगनबिचमा शोभित हुन
    उनैलाई देखी यस पथिकको मोहित मन ।।१।।

    जसै देखिन् नानू ! क्षणभर तिमी स्तब्ध भइछन्
    लुकाएरै मेघै तल मुख उसै क्षुब्ध रहिछन्
    पछी कृष्णै पक्षै दिन दिन शशी टाक्सिन गइन्
    जसै औँसी आयो गगन तलमै भास्सिन गइन् ।।२।।

    नगर्नै पर्ने हो क्षणिकपनको धाक र हठ
    कहाँ तिम्रै जस्तै धवल महिमा वेष्ठित छ त ?
    सबै संसारीका पलपल यिनै हुन चलन यी
    वृथा गर्छन् शेखी अनृतपनैका जलन ली ।।३।।

    1. jati nai prayash garepani
      jati nai prayash garepani aamako gungaan gauna kaha sakinchha chha ra hamisabaiko pratham god aamaa

Leave a Reply

Your email address will not be published. Required fields are marked *