(१)
भन्नेले त जे पनि भन्छन, सुन्नले सुन्नु हुन्न
एकबारको जुनि हाम्रो, जस्तो मान्छे नि चुन्नु हुन्न
जिन्दगी लामो छ हाँसी खेली बिताउनु पर्छ
स्वार्थको निम्ती फसाउन, मायाजाल बुन्नु हुन्न
(२)
तिमी बिनाको जीवन, जिउन मैले जानिन
उध्रिएछ मन पनि, सिउन मैले जानिन
साथ छुटाई अर्कैलाई अङ्गाली गयौ
धोका खा’को बाहानामा, पिउन मैले जानिन
