Skip to content

आफु त नबुझ्ने मान्छे म


के हो प्रजातन्त्र, गणतन्त्र
अनि के हो लोकतन्त्र ?
कुनै भोगिसके, कुनै भोग्दै छु
बुझ्नै सकेको छुइन
दुई शब्द पछाडि जोडिएको
यो तन्त्रको परिभाषा !

केलाउदै छु एक तन्त्रबीच अर्को
पाउँदिन भिन्नता सबै उस्तै
लाग्छ जनताले पाएको दुखको
पर्यायवाची शब्द यिनै हुन
जुन नेपालीहरूले बुझ पचाएका छन

आफू त नबुझ्ने मान्छे
कहिले बुझ्ने बेला आँउछ
अनि चारैतिर शान्ति छाँउछ
यो जुँगा नि नपलाएको अनुहार
सेतै हुँदा नि परखाईमै रहनु पर्ने
अशान्ति मै प्राण त्यागनू पर्ने
यो कस्तो बिड्मबना !

यहाँ दाजुभाइबीच कुरा मिल्दैन
घरमै हुन्छ राजनीति
त्यसैले त !
साँढेहरूको रजाइँ छ देशमा

राजनीतिको र था’हा छैन
अरुलाई कसरी बुझाऊँ
आफू त नबुझ्ने मान्छे म
हो म एक साधारण मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *