Skip to content

हो त्यही फूल हो म


अनेकौ सपनाहरू
मनमनै बुनेर
बिस्वाशका साथ
तन मनले चाहेर
अगाडि बढेको थियो
संम्बन्ध गाँस्न त्यो हात
एउटा फूल लिएर

कारण बश कसैबाट
फालियो त्यो फूल
जस्ले केही आशा राखेको थियो

समयको परिवर्तनसँगै
अलपत्र परेको त्यो फूल आज
कसैको शिरको शोभा बनेको छ
जस्ले फूलको महत्व
बिस्वास देखेर सजायो

अभागी फूल आज
कसैको साथले गर्दा
भाग्यमानी बन्न पुग्यो
कुनै बेला कसैबाट
अपहेलित त्यो फूल
कसैको ईज्जत बनेको छ
हो त्यही फूल हो म !

Leave a Reply

Your email address will not be published. Required fields are marked *