Skip to content


गाउँमा नआए नआओस्
गाउँमा ता कहिले पो आएको थियो र
त्यहाँ नआए पनि
सदा झै‌ यस पालिको तिहार
शहरका घरघरमा आयो
टोलटोलमा आयो
चोकचोकमा आयो
निकै भाउ पायो
राम्रो लुगा लगायो
पटका पनि बजायो
सेल रोटी खायो
यमरी पुमरी पनि खायो
माला लगायो
फूल लगायो
घर सजायो
तास खेलायो
जुवा खेलायो
हर्केलाई पनि यस पालि ता
भाइ टीका लगायो
भुन्टीका लागि पनि यस पालि ता
दाजुको दक्षिणा भएर
तिहार आयो
यथोचित रुपमा
सबैतिर तिहार आएकै हो
आउनु थियो आयो
तर नेपाल आमाको घरमा भने
यस पालि पनि सुख शान्तिको तिहार आएन
फेरि पनि यही मौका पारेर
नेपाल आमाको घरमा
केही कुपुत्रहरूले राँको सल्काउने घोषणा गरेका छन्
यसैले नेपाल आमाको घरमा
५२ सालदेखि नआएको तिहार
यसपालि पनि आएन
लक्षणले देखाउँछ
नेपालमा अँझै धेरै वर्षसम्म
तिहार आएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *